ताजा समाचार

बलान बिहुलमा सडक स्तरोन्नति सुरु, वर्षायामको सास्ती अन्त्य हुने अपेक्षा

  • वैशाख १३, २०८३
  • ४६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल सप्तरी, १३ वैशाख । “समृद्ध बलान बिहुलको यात्रा” अभियानअन्तर्गत बलान बिहुल गाउँपालिकामा भौतिक पूर्वाधार निर्माण कार्यले गति लिन थालेको छ। यसै क्रममा गाउँपालिका–१ मल्हनीयाको पुबारीटोलमा आज पिसीसी ढलानसहित सडक निर्माण कार्यको शुभारम्भ गरिएको छ। हजारी चौधरीको घरदेखि रामबोध यादवको मिलसम्म फैलिएको उक्त सडक वर्षायाममा अत्यन्तै कष्टकर बन्दै आएको थियो। हिलो र पानीका कारण स्थानीय बासिन्दाले दैनिक आवतजावतमा समस्या भोग्दै आएका थिए।

अब पिसीसी ढलान सुरु भएसँगै उक्त समस्या समाधान हुने अपेक्षा गरिएको छ। गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवका अनुसार निर्माणाधीन सडकलाई पासमान टोलको पक्की सडकसँग जोड्ने योजना रहेको छ। यसले स्थानीय यातायातलाई सहज बनाउनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। स्थानीयले लामो समयदेखि अपेक्षा गरेको सडक निर्माण सुरु भएसँगै खुसी व्यक्त गरेका छन्। उनीहरूका अनुसार यो योजना सम्पन्न भएपछि वर्षायाममा हुने सास्तीबाट मुक्ति मिल्नेछ र गाउँको समग्र विकासमा टेवा पुग्नेछ।

गाउँपालिकाले “समृद्ध बलान बिहुल” को लक्ष्यलाई सार्थक बनाउन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै यस्ता योजनाहरूलाई तीव्र गतिमा अगाडि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤