Siraha Times
ताजा समाचार

विराटनगरबाट भारतीय युवक पक्राउ, भेटियो स्रोत नखुलेको ५ लाख

  • वैशाख ४, २०८३
  • २६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स वैशाख ४ । विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका ३० वर्षीय आदेश कुमार चौधरीलाई शंकास्पद अवस्थामा जाँच गर्दा ठूलो परिमाणमा नगद फेला परेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक बहादुर खड्का को कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले जाँच गर्ने क्रममा चौधरीको साथबाट ५ लाख १ सय १५ रुपैयाँ बरामद गरेको जनाएको छ।उनले रकम कपडाको गोजी र जुत्ताभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा भेटिएको थियो। प्रहरीका अनुसार चौधरी बिहार राज्य अन्तर्गत अररिया जिल्ला, जोबनीका बासिन्दा हुन्।उनको साथबाट भारतीय मोटरसाइकल, एक थान मोबाइल, एउटा घडी र सुनजस्तो देखिने दुई वटा औँठीसमेत बरामद गरिएको छ।बरामद रकमको स्रोत खुल्न नसकेको र सवारी साधनको दर्ता प्रमाणपत्रसमेत नभेटिएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१