Siraha Times
ताजा समाचार

नोचा पोखरिको सौंदर्यकरण द्रुतगतिमा हुदै, निकट भविष्यमा यो क्षेत्रकै नमूना ताल र पर्यटको केंद्र बन्ने स्थानियको विस्वाश

  • चैत २४, २०७४
  • ९४७ पटक पढिएको
  • घनश्याम मिश्रा
alt

घनश्याम मिश्र चैत्र २४ । जनकपुर उप महानगरपालिका को वार्ड २० (रुपैठा) र १५( रामपुर)को शिमानामा पर्ने नोचा पोखरि (चुन चुन वती पोखरि) जनकपुर - जटहि ब्यापारिक मार्ग भन्दा ३ सय मिटर पूर्व र रामपुर -वहुअर्वा परिक्रमा सड़क भन्दा ३ मिटर पश्चिम पर्ने पोखरि को सौंदर्य करण अहिले द्रुत गति मा हुदै छ । नेपाली कांग्रेस का नगर सभापति जो गत स्थानीय तहकों निर्वाचनमा मेयरका प्रत्याशी समेत रहेका मनोज साह ले यस पोखरि (तलाव)लाई यस क्षेत्रकै नमूना पर्यटकीय क्षेत्रको रुपमा बनाउने लक्ष्य राखेर काम अगाडि बढेको बताउछन ।साह का अनुसार अंदाजी ११ विघा १० कठा क्षेत्र फलमा अवस्थित रहेको नोचा पोखरि ज.उ.म. नगरपालिका को स्वामित्व रहेको भएपनि यस पटक शालको आर्थिक वर्षको बजेट वाट उपेक्षा गरिएको प्रति दुख व्यक्त गर्छन । "यो पोखरी उप महानगर को रहेको मेयर साब किन बिर्शिनु भो ?" प्रश्न गर्छन ऊनि ।

बीघोंको क्षेत्रमा रहेको यस ठाऊ मा फन पार्क, पिकनिक स्पोर्ट, बोटिंग, स्विमिंग र स्वीमिंग पुल , ब्यायम स्थल, खाने पानी, कपल को लागि सघन पार्क सहित बानाउने दीर्घकालीन योजना अनुरूप हामी दिन रात मेहनत गर्दै छौं मनोज भन्छन । अहिले भवन तथा शहरी कार्यालयले उपलब्ध गराएको ५ करोड़ को लागतमा घाट निर्माण, पिकनिकको लागि भवन , सौचालय सहित को कार्य भै रहेको छ ।यस को सौंदर्यकरण को लागि पुनः दोश्रो पैकेज भवन तथा सहरी बिकाश कार्यालय ले ५ को हाराहारी मा चुट्यौन लागेको कार्यालय श्रोत बताउछन । नोचा ठाकुरको नाम वाट चर्चित यस नोचा पोखरिको इतिहाश सैकड़ो वर्ष पुरानो रहेको तथ्य त्यहाँ अबस्थित शिलालेख ले समेत बयां गर्छ ।

राजधानी जनकपुरधामको मुख्य बजार भन्दा नजिकै रहेको यो स्थान नोचा पोखरि यस क्षेत्र कै सबै भन्दा ठुलो र आकर्षक पोखरिको रुपमा रहेको छ । ताल को आकारमा रहेको यस पोखरीलाई यदि सरोकार वाला निकाय ले बिशेष ध्यान दिन हो भन्ने नमूना स्मार्ट पोखरि को रुपमा विकशित गर्न सकिने स्थानिय बुद्धिजीविहरु को भनाइ रहेको छ ।यस पोखरीलाई बिशेष ध्यान दिएर काम गर्यो भन्ने पर्यटकहरुको केंद्र को रुपमा समेत विकाश गर्न सकिने स्थानिय रुपैठा निवाशी जयकृष्ण झा को भनाइ रहेको छ । यहां पोखरिको डील को चार तीर बिभिन्न प्रजातिको आप को, विक्स, वरपीपल, शीशों लगायतका रुखहरु विद्यमान रहेको छ ।पोखरिको चार तीर बाटो को निर्माण गरिने र मुख्य सड़क जनकपुर जटहि र रामपुर -वहुअर्वा तीर वाट समेत बाटो निकालेर जोड़ने समेत कार्य भै रहेको वार्ड २० का अध्यक्ष भोगी झा बताउछन ।

प्रतिक्रिया दिनुहोस

जेठाजुको कुटपिटबाट म ...

ओम प्रकाश यादव लहान, ५ असार। सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि आफ्नै ...

समर्पित शिक्षक टोलीक ...

रहमुल, लहान, ५ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित आधारभूत विद्यालय खाइरबोनामा ...

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१