Siraha Times
ताजा समाचार

लहानमा जनलहर: “शाषकहरूको किल्ला ढल्नेछ” नेता सत्य नारायण यादव

  • फागुन १५, २०८२
  • ७६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवले लहान नगरपालिकाका विभिन्न वडामा घरदैलो अभियानलाई तीव्र बनाउँदै जनतासँग प्रत्यक्ष संवाद गरेका छन्। अभियानका क्रममा देखिएको अभूतपूर्व जनसहभागिताले क्षेत्र परिवर्तनको पक्षमा उभिएको उनको दाबी छ।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले दिएको साथ, सुझाव र आशीर्वादले आफूलाई थप जिम्मेवार बनाएको यादवले बताए। “गाउँका अनुभवी हातहरूले दिएको आशीर्वाद केवल सद्भाव होइन, यो भ्रष्ट र सामन्ती सोचविरुद्धको कडा सन्देश हो,” उनले भने।

उम्मेदवार यादवले आफ्नो स्पष्ट अडान प्रस्तुत गर्दै वर्षौँदेखि जनतालाई खोक्रा आश्वासन दिएर सत्तामा बस्नेहरूको समय सकिएको दाबी गरे। उनले ६२–६३ को मधेश विद्रोहका शहीदहरूको सपना स्मरण गर्दै त्यसको अपमान गर्नेहरूलाई जनताले आगामी निर्वाचनमा कडा जवाफ दिने बताए।

यादवले लहानको ढल, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको अनियमितता अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याए। “विकासमा कुनै सम्झौता हुँदैन। भ्रष्ट मानसिकतालाई जरैदेखि उखेलेर फाल्ने हाम्रो संकल्प हो,” उनले भने।

स्थानीय बासिन्दाले आफूलाई “क्षेत्रलाई लुट्नेहरूबाट बचाउन” आग्रह गरेको उल्लेख गर्दै यादवले जनताको भरोसालाई विकास र अधिकारको आँधीमा परिणत गर्ने वाचा गरे। “हामी डराउने छैनौं, हामी झुक्ने छैनौं,” उनको भनाइ थियो।

जनता समाजवादी पार्टी, नेपालका तर्फबाट सिरहा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका यादवले आगामी निर्वाचनमा ‘छाता’ चुनाव चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन्। उनले नारा दोहोर्याए— “अबको पालो— आफ्नै सरकार, आफ्नै विकास!”

प्रतिक्रिया दिनुहोस

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१