ताजा समाचार

जसपा नेपालका उम्मेदवार सत्य नारायण यादवद्वारा लहान–४ मा जनभेटघाट

  • माघ १३, २०८२
  • ५९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान,माघ १३ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा क्षेत्र नं. १ का उम्मेदवार सत्य नारायण यादव ज्यूले लहान नगरपालिका वडा नं. ४ मा स्थानीय जनसमुदायसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ।

भेटघाटका क्रममा यादव ज्यूले वडावासीसँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी र युवाको भविष्यलगायतका ज्वलन्त समस्याबारे धारणा सुन्नुभएको थियो। स्थानीयवासीहरूले दीर्घकालीन विकास योजना, पारदर्शी शासन र जनमुखी कार्यक्रमको आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा उम्मेदवार यादव ज्यूले मधेसको हक–अधिकार, सामाजिक न्याय र समावेशी विकास जसपा नेपालको प्रमुख एजेन्डा रहेको बताउनुभयो। उहाँले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै, निर्वाचित भएमा क्षेत्र नं. १ को समग्र विकासका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सहभागी युवाहरूले रोजगारीको अभाव र वैदेशिक पलायनको समस्याबारे चिन्ता व्यक्त गरेका थिए। यस सन्दर्भमा यादव ज्यूले स्थानीय स्तरमै सीपमूलक तालिम, कृषि तथा साना उद्योग प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्न पहल गरिने स्पष्ट पार्नुभयो।

लहान वडा नं. ४ मा आयोजित उक्त जनभेटघाट कार्यक्रममा स्थानीय अगुवा, बुद्धिजीवी, युवाहरू तथा पार्टीका कार्यकर्ता–समर्थकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आगामी निर्वाचनमा परिवर्तन र विकासका लागि जसपा नेपाललाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤