रास्वपाबाट टिकट नपाएपछि स्वतन्त्र उठेका साहको उम्मेदवारी फिर्ता

  • माघ ९, २०८२
  • ११३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह बोदे बर्साईन । सप्तरी क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद साहले आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन्। उनले शुक्रबार बिहान १०:०० बजे निर्वाचन अधिकृतको कार्यालय कल्याणपुर पुगेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेको रास्वपा बोदेबरसाइन नगर संयोजक राजु यादवले जानकारी दिए।

उनका अनुसार साहले रास्वपाका आधिकारिक उम्मेदवार सिताराम साहलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बोदेबरसाइन नगरपालिका–५ स्थित धर्मशालामा आयोजित छलफलमा रास्वपा नेता दयानन्द गोइत, रास्वपाका प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिताराम साह, ननु भगतसहितको उपस्थितिमा उक्त सहमति भएको हो। सहमतिअनुसार अब पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउने निर्णय गरिएको नेता दयानन्द गोइतले बताए ।

प्रतिक्रिया दिनुहोस

लागु औषध विरुद्धको स ...

लहान, ०८ माघ । लागूऔषधको बढ्दो दुर्व्यसन नियन्त्रण गर्दै युवालाई सकारात्मक बाटोमा डोर्‍याउन ...

नवराजपुर–१ करमनियाँक ...

रहमुल, लहान ८ माघ । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियाँस्थित श्री अवधि फेकनी आधारभूत विद्या ...

श्री ल.ल. कु. मा. वि ...

ओम प्रकाश यादव लहान माघ ७ । लहान नगरपालिका–३ स्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१