ताजा समाचार

रास्वपाबाट टिकट नपाएपछि स्वतन्त्र उठेका साहको उम्मेदवारी फिर्ता

  • माघ ९, २०८२
  • १२७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह बोदे बर्साईन । सप्तरी क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद साहले आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन्। उनले शुक्रबार बिहान १०:०० बजे निर्वाचन अधिकृतको कार्यालय कल्याणपुर पुगेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेको रास्वपा बोदेबरसाइन नगर संयोजक राजु यादवले जानकारी दिए।

उनका अनुसार साहले रास्वपाका आधिकारिक उम्मेदवार सिताराम साहलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बोदेबरसाइन नगरपालिका–५ स्थित धर्मशालामा आयोजित छलफलमा रास्वपा नेता दयानन्द गोइत, रास्वपाका प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिताराम साह, ननु भगतसहितको उपस्थितिमा उक्त सहमति भएको हो। सहमतिअनुसार अब पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउने निर्णय गरिएको नेता दयानन्द गोइतले बताए ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤