ताजा समाचार

डाक्नेश्वरी मन्दिरमा पूजाआजा गरि यादवद्वारा चुनावी अभियानको सुरुआत

  • माघ ७, २०८२
  • ६४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजविराज माघ ७ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको प्रसिद्ध धार्मिक स्थल डाक्नेश्वरी मन्दिरमा पूजाआजा गरी चुनावी अभियानलाई अगाडि बढाएका छ्न् । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराए पश्चात बुधबार डाक्नेश्वरी नगरपालिका स्थित प्रसिद्ध मन्दिरमा उनलेे पूजाआजा गरेका हुन् ।

पार्टीका नेताहरू रेणु कुमारी यादव, शैलेन्द्र प्रसाद साह, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाका मेयरका प्रत्यासी बेछु साह, पार्टीका पूर्व क्षेत्रीय अध्यक्ष कमलदेव यादव लगायतका नेता तथा समर्थकका साथ डाक्नेश्वरी देवीको दर्श्नन गर्नुका साथै लोकआस्था तथा पूर्वाधारको अवस्थाबारे जसपा अध्यक्ष यादवले जानकारी लिएका छन् ।

पालिकाका नेता, कार्यकर्ता, शुभेच्छुक एवम् मतदाताहरूसँग भेंटघाट गर्ने कार्यलाई अगाडि बढाइएको पार्टीका नेता शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् । उनका अनुसार मधेश जनविद्रोहका कमान्डर उपेन्द्र यादवसँग भेट्न जनता निक्कै उत्साहित भएका छन् । आफूहरूको क्षेत्रमा सडक, शिक्षा, स्वास्थ्य, सिंचाइको दयनीय अवस्थाबारे अध्यक्ष यादवसँग दुखेसो पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस

चौथो अध्यक्ष कप क्रि ...

ओम प्रकाश यादव लहान मंसिर ६ । नवराजपुर गाउँपालिकामा चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ अन्तर्ग ...

नेशनल मेडिकल कलेजको ...

रंजित चौरसिया वीरगंज ६ मंसिर। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा तथा नेशनल ...

अन्तर्राष्ट्रिय बाल ...

सप्तरी । अन्तर्राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा खडक नगरपालिकामा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता तथ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤