लहान–२१ मा जसपा नेपालको वडास्तरीय बैठक सम्पन्न

  • माघ ३, २०८२
  • २९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति चुनाबी बैठक सम्पन्न भएको छ। आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त बैठकमा पार्टीका प्रभावशाली नेता सत्य नारायण यादवले सबै वडा–वडामा संगठन सुदृढ गर्दै चुनावी तयारीलाई तीव्र पार्न निर्देशन दिनुभएको छ। 

May be an image of one or more people and text

वडा अध्यक्ष पाण्डव यादवको आयोजनामा सम्पन्न बैठकमा जसपा नेपालका प्रदेश सांसद ललिता दास बिद्रोही , खडक नारायण चौधरी सहित स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। बैठकलाई सम्बोधन गर्दै नेता सत्य नारायण यादवले आगामी निर्वाचन पार्टीका लागि निर्णायक अवसर भएको उल्लेख गर्दै संगठनात्मक एकता, अनुशासन र जनसम्पर्कलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। “अबको चुनाव जित्नका लागि हरेक वडामा पार्टी बलियो हुनुपर्छ। त्यसका लागि टोल–टोलमा पुगेर जनताको समस्या सुन्ने र समाधानका विषयमा स्पष्ट एजेन्डा लिएर जानु आवश्यक छ,” उहाँले भन्नुभयो।

यादवले विशेषगरी युवा, महिला तथा पिछडिएका समुदायलाई संगठनमा सक्रिय रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै वडा समितिलाई जिम्मेवारीका साथ परिचालन हुन आग्रह गर्नुभयो। उहाँले वडास्तरमा चुनावी प्रचार–प्रसार समिति गठन, मतदाता अभिलेख अद्यावधिक, घरदैलो अभियान तथा प्रशिक्षण कार्यक्रमलाई तीव्र बनाउने कार्ययोजना प्रस्तुत गर्नुभयो।

May be an image of one or more people and text

बैठकमा सहभागी वक्ताहरूले लहान–२१ मा पार्टीको अवस्था, विगतका निर्वाचनका अनुभव र आगामी चुनौतीहरूबारे आ–आफ्नो धारणा राखेका थिए। उनीहरूले स्थानीय विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी र सडक जस्ता आधारभूत मुद्दालाई चुनावी एजेन्डाको केन्द्रमा राख्नुपर्ने सुझाव दिए। साथै, पार्टीभित्र एकता कायम राख्दै विपक्षी दलका भ्रमपूर्ण प्रचारको सामना गर्न सामूहिक रणनीति बनाउनुपर्नेमा जोड दिइयो।

वडा समितिका अध्यक्ष पाण्डव यादवले बैठकको निष्कर्ष प्रस्तुत गर्दै आगामी दिनमा नियमित बैठक, प्रशिक्षण र जनभेटघाट कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार फाल्गुन २१ को निर्वाचनलाई लक्षित गरी प्रत्येक टोलमा जिम्मेवार कार्यकर्ता खटाइनेछ र मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिइनेछ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले जसपा नेपाललाई स्थानीय तहमा बलियो बनाउने र आगामी निर्वाचनमा वडा २१ बाट क्षेत्र भरि मा पहिलो मत दिने प्रतिबद्धता व्यक्त गरेका थिए। लहान नगरपालिका–२१ मा सम्पन्न उक्त चुनाबी बैठकले पार्टीको तयारीलाई थप गति दिएको भन्दै वडा बासीले खुसीको आँसु नै बगाएका थिए ।

प्रतिक्रिया दिनुहोस

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१