खेलकुदमार्फत एकता र अनुशासनको सन्देश, लहानमा प्रदेशस्तरीय कराते महोत्सव शुरू

  • माघ ३, २०८२
  • ४०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै “खेली मधेश, जिती मधेश” अभियान अन्तर्गत लहानमा लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ भव्य रूपमा शुरु भएको छ।

नेपाल कराते महासंघ (NEPAL Karate Federation) को समन्वयमा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतोको अध्यक्षतामा तथा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यमा लहानस्थित कभर्ड हलमा उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुने आयोजना गरिएको हो।

माघ १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रमुख प्रायोजक लहान नगरपालिका, सिरहा रहेको थियो भने पाल सितोरियो कराते–डो संघ, लहान आयोजकका रूपमा रहेको छ। मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका सयौँ सितोरियो कराते खेलाडीहरूको उत्साहजनक सहभागिताले प्रतियोगितालाई अझै जीवन्त बनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख महेश प्रसाद चौधरीले कराते जस्ता मार्शल आर्ट खेल आत्मरक्षाको माध्यम मात्र नभई शारीरिक र मानसिक स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र जिम्मेवारीबोध विकास गर्ने भएकाले स्थानीय तहले खेलकुद प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे।

त्यसैगरी जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोले प्रदेशभरका खेलाडीहरूको सहभागिताले खेलकुदमार्फत आपसी सद्भाव, भाईचारा र स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास हुने बताए। उनले लहानमा प्रदेशस्तरीय प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको पनि उल्लेख गरे।

कार्यक्रममा जसपा नेपालका नेता सत्यनारायण यादवले खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार र जग्गा उपलब्ध भए पनि त्यसको प्रभावकारी सदुपयोग आवश्यक रहेको धारणा राखे। उनले बालबालिका र युवालाई कुलत तथा नकारात्मक प्रवृत्तिबाट जोगाउन खेलकुदको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए।

प्रतियोगिता सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै राजेश गुप्ताप्रति आयोजक संस्थाले विशेष धन्यवाद व्यक्त गरेको छ। समग्रमा, लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ले मधेश प्रदेशमा कराते खेलको प्रवर्द्धन गर्नुका साथै खेलकुद संस्कृतिलाई सुदृढ बनाउने र प्रदेशस्तरीय एकताको सन्देश प्रवाह गर्न उल्लेखनीय योगदान दिएको आयोजकको निष्कर्ष रहेको छ।

प्रतिक्रिया दिनुहोस

शाहले समाजिक रुपान्त ...

कपिलवस्तु , फल्गुन १  । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा उम्मेदवार अभिषेक प्रताप श ...

बोदेबरसाईन–७ मा नेपा ...

लहान फाल्गुन ०१ । सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत बोदेबरसाईन नगरपालिका वडा नम्बर&ndas ...

सप्तरीमा उपेन्द्र या ...

ओम प्रकाश यादव लहान, २८ माघ । मधेशको अधिकार, समानुपातिक प्रतिनिधित्व र राज्यबाट भएको उपेक्षालाई मुख् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१