बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका –२ बैरिया नेगडा योगिया स्थित श्री शत्रुधन माध्यमिक बिधालयको खेलमैदानमा माघी सांस्कृतिक महोत्सव सम्पन्न भएको छ ।बिहिवार आयोजित एक समारोहका बीच बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले महोत्सवको उद्घाटन गरेका हुन् ।
थारु सांस्कृतिक संरक्षक समिति बोदे बर्साईनको अध्यक्ष राधा चौधरीको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन समारोहमा पुर्व डिए.सपी शंकर चौधरी , वडा अध्यक्ष राम प्रसाद राम , बैजनाथ चौधरी , स्थानीय नेता अमरेन्द्र कुमार यादव , मो दाउद , बब्लु , पत्रकार उमेश कुमार साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
जिल्ला अध्यक्षले आयोजना गरेको कार्यक्रममा स्वागत भने माघी महोत्सव मुल आयोजक समिती सप्तरीका संयोजक राधा चौधरीले गरे । महोत्सवमा थारु राष्ट्रिय कलाकारहरु ममता चौधरी, अनुका चौधरी, मनिस चौधरी, ओमप्रकाश सिंह, अन्जनी सिंह थारु लगायतका स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सो महोत्सवमा थारु परिकार झल्काउने विभिन्न पकवान, थारु भेषभुषा लगायतका थारु मौलिक खानपीनको दर्जनौं पकवान राखिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic