Siraha Times
ताजा समाचार

पारस अस्पतालद्वारा सत्यनारायण साफीको परिवारलाई आजीवन निःशुल्क उपचार सेवा प्रदान गर्ने घोषणा

  • पुस ३०, २०८२
  • ६८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले आजीवन निःशुल्क उपचार सेवा प्रदान गर्ने घोषणा गरेको छ। आर्थिक अभावका बाबजुद पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि सफलता हासिल गरेका साफीको संघर्ष, साहस र समर्पणलाई सम्मान गर्दै अस्पतालले यस्तो मानवीय निर्णय गरेको हो।

ज्यालामजदुरी गर्दै आफ्नो सपना जोगाइराखेका सत्यनारायण साफीको जीवन संघर्षले पारस अस्पताल प्रशासनलाई गहिरो रूपमा प्रभावित पारेको जनाइएको छ। सोही प्रेरणाबाट अस्पतालले साफीका सम्पूर्ण परिवारजनलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो। पारस अस्पतालका सञ्चालक डा. सफिउर रहमानले यस निर्णयबारे बोल्दै भने,“पैसाको अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुनु हुँदैन र कसैको ज्यान जोखिममा पर्नु हुँदैन।

यही हाम्रो मानवीय उद्देश्य हो।”उनले स्वास्थ्य सेवा व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्व पनि भएको उल्लेख गर्दै मानवताको पक्षमा अस्पताल सधैं उभिने स्पष्ट पारे। आजको भौतिकवादी युगमा पारस अस्पतालले लिएको यो कदमले समाजमा आशा, प्रेरणा र मानवीय मूल्यको सशक्त सन्देश दिएको छ। यस निर्णयले एउटा परिवारलाई मात्र राहत दिएको छैन, बरु स्वास्थ्य क्षेत्रमा सामाजिक दायित्व र सेवाभावको उज्यालो उदाहरण पनि स्थापित गरेको छ।

प्रतिक्रिया दिनुहोस

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१