Siraha Times
ताजा समाचार

लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार्यक्रम सम्पन्न

  • पुस ३०, २०८२
  • ४४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार्यक्रम सम्पन्न भएको छ। लहान । LC Lahan City, LC Lahan Fulbari, LC Lahan Sunshine तथा Lahan LC Buddha को संयुक्त आयोजना र वरिष्ठ समाजसेवी PDG लायन मुरारीलाल मुरारकाको सौजन्यमा “स्वीटर वितरण कार्यक्रम” लहान नगरपालिका–१० अन्तर्गत पर्ने श्री जनता माध्यमिक विद्यालय, वैरिया गुदिगाउँमा भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमका क्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडो मौसमलाई ध्यानमा राख्दै स्वीटर वितरण गरिएको थियो। कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीहरूले सामाजिक सेवामार्फत शिक्षा क्षेत्रमा सहयोग गर्नु लायन्स क्लबको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। वरिष्ठ समाजसेवी PDG लायन मुरारीलाल मुरारकाले शिक्षा र बालबालिकाको हितका लागि गरिएको सानो सहयोगले पनि ठूलो सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

स्वीटर प्राप्त गरेका विद्यार्थीहरू तथा विद्यालय परिवारले सहयोगप्रति आयोजक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै खुशी व्यक्त गरेका छन्। लहान । LC Lahan City, LC Lahan Fulbari, LC Lahan Sunshine तथा Lahan LC Buddha को संयुक्त आयोजना र वरिष्ठ समाजसेवी PDG लायन मुरारीलाल मुरारकाको सौजन्यमा “स्वीटर वितरण कार्यक्रम” लहान नगरपालिका–१० अन्तर्गत पर्ने श्री जनता माध्यमिक विद्यालय, वैरिया गुदिगाउँमा भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमका क्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडो मौसमलाई ध्यानमा राख्दै स्वीटर वितरण गरिएको थियो। कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीहरूले सामाजिक सेवामार्फत शिक्षा क्षेत्रमा सहयोग गर्नु लायन्स क्लबको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

वरिष्ठ समाजसेवी PDG लायन मुरारीलाल मुरारकाले शिक्षा र बालबालिकाको हितका लागि गरिएको सानो सहयोगले पनि ठूलो सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। स्वीटर प्राप्त गरेका विद्यार्थीहरू तथा विद्यालय परिवारले सहयोगप्रति आयोजक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै खुशी व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१