Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टी–४ मा घण्टी बज्ने संकेत, वडाध्यक्ष रमेश यादवको असन्तुष्टिले जसपा नेपाललाई ठुलो झटका

  • पुस २८, २०८२
  • ९८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका वडा अध्यक्ष रमेश कुमार यादवले सार्वजनिक रूपमा असन्तुष्टि पोखेपछि पार्टीलाई ठुलो झटका लाग्ने संकेत देखिएको छ। अध्यक्ष यादवले आफ्ना समर्थकहरू भेला गराई पार्टीभित्र आफूले भोग्दै आएको पीडा र उपेक्षाबारे खुलेर धारणा राखेका छन्।

समर्थकहरूसँगको छलफलमा अध्यक्ष यादवले आफू दुई कार्यकालसम्म पार्टीप्रति समर्पित भएर काम गर्दै आएको भए पनि पार्टी नेतृत्वबाट हालसम्म कुनै पनि जिम्मेवारी नदिइएको गुनासो गरेका छन्। “यत्रो समय पार्टीका लागि इमानदारीपूर्वक काम गरेँ, तर पार्टीले मलाई सधैं जिरोमै राख्यो,” उनले भने, “काम गर्नेको मूल्यांकन हुनुपर्ने हो, तर त्यो हुन सकेन।” अध्यक्ष यादवका अनुसार कुनै पनि दल वा पार्टी विधि र प्रक्रियाअनुसार चल्नु पर्ने हो र कार्यकर्ताको योगदानको उचित कदर हुनुपर्छ।

तर पार्टीभित्र त्यसको अभाव देखिएको उनले आरोप लगाए। उनले शीर्ष नेताहरूबाट आफू सधैं हेपिएको र चेपिएको अनुभूति भएको उल्लेख गर्दै भने, “म सोझो भएको फाइदा सबैले उठाए।” विगत एक दशकदेखि जनताको बीचमा रहेर काम गर्दै आएको स्मरण गराउँदै अध्यक्ष यादवले स्थानीय तहमा विकासका अपेक्षा बढ्दै गएको बताए। “जनताले मसँग विकास खोजिरहेका छन्, तर म कसैको व्यक्तिगत स्वार्थमा नफसी जनबोलीको कदर गर्दै जनचाहनाअनुसार अघि बढिरहेको छु,” उनले स्पष्ट पारे।

आफ्नो आगामी राजनीतिक कदमबारे स्पष्ट निर्णय नगरे पनि अध्यक्ष यादवले समर्थकहरूसँग अब के गर्ने ? भन्ने विषयमा सुझाव मागेका छन्। यसले सखुवानन्कारकट्टी–४ मा नयाँ राजनीतिक मोड आउन सक्ने संकेत देखिएको छ। स्थानीयस्तरमा यसलाई ‘घण्टी बज्ने संकेत’का रूपमा हेरिएको छ, जसले जसपा नेपाललाई आगामी दिनमा थप दबाबमा पार्न सक्ने विश्लेषकहरूको भनाइ छ।

अध्यक्ष यादवको असन्तुष्टि सार्वजनिक भएपछि स्थानीय राजनीति तातिएको छ। पार्टी नेतृत्वले यस विषयमा के प्रतिक्रिया जनाउँछ र अध्यक्ष यादवको आगामी कदम के हुन्छ भन्ने विषयले सखुवानन्कारकट्टीको राजनीतिक भविष्यलाई प्रभाव पार्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१