ताजा समाचार

मन्त्री गुप्ता द्वारा विभिन्न विद्यालयमा न्यानो लुगा र खेल सामग्री वितरण

  • मंसिर २२, २०८२
  • ७५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान , २१ मंसिर । Sowers Action Nepal तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको सहयोगमा सिरहा क्षेत्रको विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा र खेल सामग्री वितरण गरिएको छ। राष्ट्रिय आधारभूत विद्यालय, खैरबोना–१ सखुवानन्कारकट्टी गाउँपालिका–४ मा कक्षा बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण गरिएको हो। सोही दिन मन्त्री गुप्ताले सिरहा क्षेत्र नं. १ अन्तर्गतका अन्य विद्यालयहरूमा समेत ज्याकेट सहित भलिबल नेट सहित, फुटबल सहितका विभिन्न खेल सामग्री हस्तान्तरण गरे।

ग्रामीण बस्तीमा गरिएको यस वितरण अभियानका कारण मन्त्री गुप्ताको लोकप्रियता स्थानीय तहसम्म बढ्दै गएको स्थलगत रिपोर्टिङमा देखिएको छ। कतिपयले मन्त्री गुप्ता आगामी चुनावलाई लक्षित गर्दै जनसम्पर्क विस्तारमा सक्रिय हुन थालेका छन् भन्ने अनुमानसमेत गर्न थालेका छन्। विशेषगरी युवामाझ मन्त्री गुप्ताप्रति आकर्षण बढिरहेको स्थानीय स्रोतहरू बताउँछन्। विद्यालय छुट्टीपछि केही किशोर–किशोरीसँग गरिएको प्रतिक्रियामा उनीहरूले गुप्तालाई “जेन–जी पुस्ताको मन्त्री” भन्दै विकास र परिवर्तनको सुरुवात अहिले नै भएको दाबी गरेका छन्।

मन्त्री गुप्ताको आगामी राजनीतिक यात्रा कस्तो मोडतर्फ उन्मुख हुनेछ भन्ने भने समयले नै बताउनेछ। तर स्थानीय समुदाय, जेन–जी युवापुस्ता र पत्रकारहरूको उपस्थिति तथा साथले उनको आजको ग्रामीण भ्रमणलाई विशेष महत्त्व दिएको देखियो। कार्यक्रमका उद्देश्यमाथि प्रष्ट पार्दै मन्त्री गुप्ताले भने, “पहिला काम गरौं, कुरा पछि गरौला। ग्रामीण भेगका गरीब घरपरिवारका बच्चाले पनि जाडोमा न्यानो लुगा पाउनुपर्छ, शिक्षामा समान पहुँच हुनुपर्छ। लागुऔषध नियन्त्रण, शरीर स्वस्थ राख्न खेलकुद महत्वपूर्ण भएकाले विद्यालय–विद्यालयमा खेल सामग्री वितरण गर्दैछु।” मन्त्री गुप्ताले आगामी दिनमा शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा अझ प्रभावकारी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤