ताजा समाचार

जसपा नेपालको तीन दिने प्रशिक्षण कार्यक्रम जनकपुरमा सम्पन्न

  • मंसिर १४, २०८२
  • ५४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान १४ । मंसिर जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा आयोजित तीन दिने प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ। पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथिको रूपमा सहभागी रहेका उक्त कार्यक्रममा प्रदेश तथा जिल्लास्तरका विभिन्न कमिटीका पदाधिकारी, जनवर्गीय संगठनका प्रतिनिधि तथा कार्यकर्ताहरूको उपस्थिति उल्लेखनीय रह्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले समावेशी राज्य निर्माणका लागि सबै उत्पीडित समुदायबीच एकता अत्यावश्यक रहेको बताए। दलित, पिछडावर्ग, थारू, आदिवासी तथा अन्य अल्पसंख्यक समुदायहरूको परिसंघ धनुषाद्वारा आयोजित जिल्ला भेला तथा बृहत् अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले नेपालका राजनीतिक परिवर्तनका निर्णायक क्षणमा मधेसी, दलित, थारू, आदिवासीलगायत समुदायको ठूलो योगदान रहे पनि सामाजिक न्याय, समान अधिकार र समावेशिताको क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन बाँकी रहेको स्पष्ट पारे।

यादवले राज्यको संरचना, नीति निर्माण तथा निर्णय प्रक्रियामा उत्पीडित समुदायको सार्थक सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका थिए। उनले प्रतिनिधित्वको सवाल केवल संख्यात्मक मात्र नभई नीतिगत प्रभावकारिता तथा कार्यान्वयनमा देखिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे। उनका अनुसार समावेशिताको सवाल केवल चुनावी नारासम्म सीमित नहुँदै वास्तविक व्यवहारमा उतारिनु जरुरी छ। “समुदायको योगदान ऐतिहासिक छ, तर पहुँच र सम्मान भने अझै संघर्षकै विषय बनेको छ,” उनले भने। कार्यक्रममा सहभागी प्रशिक्षक तथा वक्ताहरूले पार्टीको संगठन सुदृढीकरण, राजनीतिक दिग्दर्शन, सामाजिक रूपान्तरण, नीति अध्ययन तथा कार्यान्वयन क्षमताबारे विस्तृत प्रशिक्षण दिएका थिए।

तीन दिनसम्म चलेको प्रशिक्षणलाई जसपा नेपालले आगामी राजनीतिक अभियान, संगठन विस्तार र समावेशी–समानतामूलक परिचालन रणनीतिसँग जोडेर महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤