ताजा समाचार

राष्ट्रिय राजनीति र मधेस सेवामा समर्पित युवा नेता यादवलाई जसपा नेपालको केन्द्रीय सदस्यमा मनोनीत

  • कार्तिक २१, २०८२
  • ६५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २१ कार्तिक । लामो समयसम्म कम्युनिष्ट धारभित्र रहेर राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका निर्भिक, विवेकशील र प्रभावशाली युवा नेता आदरणीय सत्य नारायण यादव हालै जनता समाजवादी पार्टी (जसपा) नेपाल मा प्रवेश गर्नुभएको थियो। मातृभूमि र राष्ट्रभूमिको सेवाभावले प्रेरित भई राजनीति पुनः जनसेवाको माध्यम बनाउने मनोवृत्तिले उहाँ केही दिनअघि जसपा नेपालमा प्रवेश गर्नुभएको हो।

जसपा नेपालका केन्द्रीय समितिको बैठकले यादवलाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको जानकारी प्राप्त भएको छ। यस निर्णयले पार्टीभित्र नयाँ ऊर्जाको संचार गरेको बताइन्छ। नेता यादवले आफ्नो राजनीतिक यात्राको अधिकांश समय कम्युनिष्ट सिद्धान्त र वर्गीय आन्दोलनमा समर्पित गरे पनि पछिल्ला दिनमा देश र मधेसको हितका लागि नयाँ बाटो रोज्नु आफ्नो नैतिक र राष्ट्रिय दायित्व भएको महसुस गर्दै जसपा नेपाल रोज्नुभएको हो।

उहाँलाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरिनु जसपा नेपालको दूरदृष्टिपूर्ण निर्णयको रुपमा लिइएको छ। जसपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री माननीय उपेन्द्र यादवले उहाँप्रति देखाएको विश्वासलाई मधेसका नागरिकले पनि उत्साहका साथ स्वागत गरेका छन्। सामाजिक सञ्जालमा धेरैले यादवलाई “जनसेवामैत्री प्यासी युवा नेता” भन्दै बधाई तथा शुभकामना दिएका छन्। यद्यपि केही शुभेच्छुकहरूले जसपा अध्यक्ष यादवले पुनः कुनै प्रकारको राजनीतिक धोका नदिन चेतावनीपूर्ण आशा पनि व्यक्त गरेका छन्।

“जनताको फैसला अन्ततः जनताको हातमै रहन्छ,” भन्ने धारणा राख्दै नेता यादवको प्रवेश र पदोन्नतिलाई मधेसको हितमा नयाँ राजनीतिक उत्साहका रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤