Siraha Times
ताजा समाचार

रञ्जिता श्रेष्ठको शुभकामना : “देश विकासका लागि नयाँ पार्टी खोलेकोमा धेरै–धेरै बधाई, बुढा!”

  • कार्तिक १५, २०८२
  • ८२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी छोड्दै नयाँ दल दर्ता गराएका पूर्व सांसद रेशम चौधरीलाई उनकी पत्नी तथा सांसद रञ्जिता श्रेष्ठले ‘बुढा’ भनेर सम्बोधन गर्दै शुभकामना दिएकी छन् । आज निर्वाचन आयोगमा ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक नयाँ दल दर्ता भएपछि रञ्जिताले सामाजिक सञ्जालमार्फत थारु भाषामा बधाई ज्ञापन गरेकी हुन् ।

रेशम चौधरी जेलबाट रिहा भएपछि दम्पतीबीच पार्टी सञ्चालनको विषयलाई लिएर विवाद निकै चर्चामा आएको थियो । लामो समयको राजनीतिक तथा वैचारिक मतभेदपछि रेशमले आधिकारिक रूपमा नयाँ पार्टी दर्ता गराएका हुन् । रञ्जिताले फेसबुकमा थारु भाषामै लेख्दै भनिन् “देश बिकासके लाग फेनसे लव्व पार्टी खोल्लो, धिउर धिउर बधाइ बा हो बुरूवा।” (अर्थात : देशको विकासका लागि फेरि नयाँ पार्टी खोलेछ, धेरै–धेरै बधाई छ, हैन त, बुढा!)

रञ्जिताको पोस्टपछि चौधरी समर्थकहरूले सामाजिक सञ्जालमा प्रतिक्रियाहरू जनाइरहेका छन् । कतिपयले ‘राजनीतिक तकरार अन्त्य भएर नयाँ अध्याय सुरु भएको संकेत’ भनेका छन् भने अरूले ‘थारू राजनीति पुनः एकीकृत हुने अपेक्षा’ राखेका छन् । रेशम चौधरीले दर्ता गरेको नयाँ पार्टीले आगामी निर्वाचन लक्षित गर्दै संरचना विस्तारको तयारी थालेको उनको निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१