रञ्जिता श्रेष्ठको शुभकामना : “देश विकासका लागि नयाँ पार्टी खोलेकोमा धेरै–धेरै बधाई, बुढा!”

  • कार्तिक १५, २०८२
  • ३१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी छोड्दै नयाँ दल दर्ता गराएका पूर्व सांसद रेशम चौधरीलाई उनकी पत्नी तथा सांसद रञ्जिता श्रेष्ठले ‘बुढा’ भनेर सम्बोधन गर्दै शुभकामना दिएकी छन् । आज निर्वाचन आयोगमा ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक नयाँ दल दर्ता भएपछि रञ्जिताले सामाजिक सञ्जालमार्फत थारु भाषामा बधाई ज्ञापन गरेकी हुन् ।

रेशम चौधरी जेलबाट रिहा भएपछि दम्पतीबीच पार्टी सञ्चालनको विषयलाई लिएर विवाद निकै चर्चामा आएको थियो । लामो समयको राजनीतिक तथा वैचारिक मतभेदपछि रेशमले आधिकारिक रूपमा नयाँ पार्टी दर्ता गराएका हुन् । रञ्जिताले फेसबुकमा थारु भाषामै लेख्दै भनिन् “देश बिकासके लाग फेनसे लव्व पार्टी खोल्लो, धिउर धिउर बधाइ बा हो बुरूवा।” (अर्थात : देशको विकासका लागि फेरि नयाँ पार्टी खोलेछ, धेरै–धेरै बधाई छ, हैन त, बुढा!)

रञ्जिताको पोस्टपछि चौधरी समर्थकहरूले सामाजिक सञ्जालमा प्रतिक्रियाहरू जनाइरहेका छन् । कतिपयले ‘राजनीतिक तकरार अन्त्य भएर नयाँ अध्याय सुरु भएको संकेत’ भनेका छन् भने अरूले ‘थारू राजनीति पुनः एकीकृत हुने अपेक्षा’ राखेका छन् । रेशम चौधरीले दर्ता गरेको नयाँ पार्टीले आगामी निर्वाचन लक्षित गर्दै संरचना विस्तारको तयारी थालेको उनको निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

विगत दश वर्ष भित्र द ...

रहमुल लहान १४ कार्तिक । यहाँ पछिल्ला करिब दस वर्ष (लगभग आ.ब.२०७२/७३ पछि) भित्र नेपालमा शिक्षा, ...

श्री राजाजी तुलसीलाल ...

रासिन्द्र यादव सप्तरी कात्तिक १४  । सिस्वा/बेलही स्थित श्री राजाजी तुलसीलाल जोन्छे जनता माध्यमि ...

मन्त्री बब्लु गुप्ता ...

लहान, १३ कार्तिक । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले खेलमैदानको जग्गा खोजेर खेलकुदलाई व्यस्थित ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१