सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सहमति, संसद् विघटनमै अड्कियो छलफल

  • भदौ २७, २०८२
  • १०६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विषयमा सहमति जुट्न नसक्दा अन्तिम निर्णय आउन सकेको छैन । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरी पूर्वमुख्य न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सहमति जुटाएका हुन् ।

राष्ट्रपतिले मंगलबार साँझ शीतल निवासमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग क्रमशः परामर्श गरेका थिए।

राष्ट्रपतिले पहिलो चरणमा एमाले अध्यक्ष ओलीलाई भेटेर अन्तरिम सरकारको नेतृत्वबारे राय सोधेका थिए। ओलीले ‘यो संवैधानिक बाटोबाटै गर्न लागिएको हो नि, अरूसँग परामर्श गर्नुभयो ?’ भन्दै जिज्ञासा राखेका थिए।
राष्ट्रपतिले संविधानकै बाटोअनुसार अघि बढिएको र अन्य दलहरूसँग पनि छलफल भइसकेको बताएपछि ओलीले ‘त्यसो भए ठीकै छ’ भनेर सहमति जनाएका थिए।

राष्ट्रपतिले उपचाररत कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमार्फत परामर्श गरेका थिए। देउवाले छोटकरीमा भने, ‘संविधान अनुसार गर्नुस्, मेरो सहमति छ।’

माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी अध्यक्ष माधव नेपाललाई राष्ट्रपति पौडेलले शीतल निवासमै बोलाएर भेट गरेका थिए। उनीहरूले कार्कीको नाममा आपत्ति नजनाए पनि संसद् विघटनको विषयमा अझै स्पष्ट निर्णय लिनुपर्ने धारणा राखेका थिए।

कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा नेताहरु सकारात्मक देखिए पनि संसद् विघटन गर्ने कि नगर्ने भन्ने प्रश्नमा मतैक्य नहुँदा अन्तरिम सरकार गठनको प्रक्रिया रोकिएको छ। यस विषयमा थप परामर्शपछि मात्र अन्तिम निर्णय आउने राष्ट्रपतिसमक्ष उपस्थित नेताहरूले बताएका छन्।

यसरी, पूर्वमुख्य न्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउने सहमति भए पनि संसद् विघटनकै प्रश्नले राजनीतिक समीकरण अझै अड्काइरहेको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१