रंजित चौरसिया,वीरगंज १६ भदौ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा बदनामी कमाएका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीका कारण पालिकावासीहरु पिडित बन्न पुगेको समाचार प्राप्त हुन अएको छ । अधिकृत गिरी महिनौंसम्म कार्यालयमा नजाँदा सर्वसाधारणलाई सेवा लिन निकै गा¥हो हुने गरेको बताईन्छ । “अधिकृत गिरी १÷२ महिनामा एक दुई पल्ट कार्यालयमा पुग्छन, त्यो पनि आधा एक घण्टा बसेर पुनः निस्कन्छन” एक स्थानियले भने, “अधिकृत गिरी सँग कुनै पनि कागजमा सही गराउनु छ भने वीरगंज स्थित उनको घरमै पुग्नु पर्ने बाध्यता रहेको छ ।” एक त उनी आफ्नो मोबाईल स्विच अफ राख्छन, कुनै बेला अचानक काम परेमा उनी सँग सम्पर्क नै हुँदैन भनि एक जनप्रतिनिधिले यस अनलाईनलाई बताए ।
“कमिशन दिने ठेक्केदार, सप्लायर्स, एनजिओकमीहरु सँग कुरा गर्नका लागि छुटै मोबाईल नम्बर राखेका छन, जुन नम्बर हामीहरुलाई दिनु हुन्न्, उनी कालिकामाई गाउँपालिकामा आए देखि कहिले अध्यक्ष, उपाध्यक्ष त कहिले वडा अध्यक्षहरु बिच बिवाद गराई आफ्नो रोटी सेक्ने काम गर्दै आएका छन्” ती जनप्रतिनिधिको भनाई रहेको छ । कालिकामाईमा आए देखि पालिकाका जनप्रतिनिधिहरु बिच झगडा लगाई कमिशनतन्त्रको लुट मच्चाएको आरोप अधिकृत गिरी माथि लाग्ने गरेको छ । बितेको असार मसान्त भरी कार्यालयमा नगई वीरगंज रानीघाट स्थित आफ्नै घरमा लेखा अधिकृत अभिषेक कुमार साहलाई राखी कमिशन दिनेको मात्र चेक काटेको चर्चा चलेको सर्वविदितै नै छ ।
भ्रष्ट प्रवृतिका अधिकृत गिरीले ठेक्केदार, सप्लायर्स र अन्य भुक्तानी लिनेहरु सँग मरमोलाई गरेर मात्र भुक्तानी दिने गरेको एक एनजिओका सञ्चालकले नाम नछाप्ने शर्तमा यस अनलाईलाई बताए । कालिकामाई गाउँपालिकामा भौतिक पूर्वाधार निर्माण कार्यका व्यवसायीहरु सँग २० प्रतिशत र लक्षित वर्गको कार्य गर्ने एनजिओहरु सँग ३० देखि ५० प्रतिशत सम्म अग्रिम कमिशन लिएर चेक बनाउन लेखा अधिकृत साहलाई निर्देशन दिने गरेको ती एनजिओकर्मीको भनाई रहेको छ । कमिशनको मामिलामा सुक्ष्म अनुभव बटुलेका अधिकृत गिरीले “एनी हाउ पैसा कमाउ” अभियानमा लागे पछि कालिकामाई गाउँपालिकाका जनप्रतिनिधिहरु रुष्ट बन्दै गएका छन् ।
अधिकृत गिरीको सोही बानी व्यवहोराका कारण कालिकामाई युवा समाजले शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति लगायतका निकायहरुमा उनी माथि कडा कारवाहीको माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् । कमिशनको मामिलामा माहिर मानिएका अधिकृत गिरीको भ्रष्टाचार कार्यबाट पालिकाका केही जनप्रतिनिधिहरु आजित भईसकेको अवस्था छ भने सेवाग्रहीहरु सास्ती भोग्न बाध्य भएका छन् । यस सन्दर्भमा अधिकृत गिरी सँग पटक–पटक मोबाईल फोन गरी प्रतिक्रिया लिन खोज्दा रिङ्ग गईरहे पनि सम्पर्कमा आउन चाहेनन् ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic