ताजा समाचार

अधिकृत अमित गिरी माथि कारवाही गर्न प्रजिअलाई ज्ञापन पत्र

  • भदौ १४, २०८२
  • १२८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १४ भदौ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी कार्यालयमा नजाने गरेको भन्दै शुक्रवार स्थानिय युवाहरुले उनी माथि कानुनी कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी लगायत अन्य निकायहरुमा ज्ञापन पत्र बुझाएका छन् ।
कालिकामाई–२ स्थित कालिकामाई युवा समाजले पालिकाको शिक्षा, कृषि, स्थास्थ्य शाखाहरुको अनियमित्ता र बेथितिहरु बारे जिल्ला प्रशाशन कार्यालय पर्सा, शिक्षा विकास तथा समन्वय इकाई पर्सा र जिल्ला समन्वय समिति पर्सामा ज्ञापन पत्र बुझाएको छ ।
गत भाद्र ८ गते युवा समाजको टोलीले पालिका अन्तर्गतको ४ वटा माध्यमिक तहको सामुदायिक विद्यालयहरूमा स्थलगत अनुगमन गरी शिक्षक तथा विद्यार्थीहरूको समस्या संकलन गरी समाधान गराउनका लागि पालिकामा पुग्दा सूचना शाखा र दर्ता चलानी बाहेक कुनै पनि शाखामा कर्मचारीहरु नभेटिए पछि बाध्य भएर नियमनकारी निकायहरुलाई गुहार लगाउनु परेको समाजद्धारा बुझाएको ज्ञापन पत्रमा उल्लेख रहेको छ ।
“गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी कार्यालयमा नआएको महिनौ भएको छ, अन्य कर्मचारीहरु कार्यालयमा हाजिर गरेर गायब हुने प्रचलन नै बनेको छ” समाजका एक सदस्यले बताए । पालिकाको समस्याहरु समाधानको लागि पालिका अध्यक्ष र उपाध्यक्षलाई ज्ञापन पत्र बुझाउन खोज्दा सम्पर्कमा नआएकोले बाध्य भएर प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति र जिल्ला शिक्षा विकाश तथा समन्वय ईकाईमा ज्ञापन पत्र बुझाउनु परेको युवा समाजका अध्यक्ष आकाश चौरसियाले बताए ।
पालिका अन्तर्गतको श्री जनता माध्यमिक विद्यालय मुड्ली, श्री सुकई साह माध्यमिक विद्यालय भेडिहारी, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कट्टिबलुवा र श्री दिव्य कन्या माध्यमिक विद्यालय विरञ्चीवर्वामा स्थलगत अनुगमन गर्दा सबै विद्यालयहरूमा बेन्च, डेस्कको अभाव, खाने पानीको समस्या, सरसफाई कर्मीको अभाव, विषयगत शिक्षकको आपूर्ति, निजी स्रोतको शिक्षकहरु वर्षौं देखि तलब नपाएको, कक्षा कोठा र शिक्षकको अभावमा विद्यार्थीहरुको पठन पाठनमा समस्या भईरहे पनि पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत गैरजिम्मेवार देखिएको समाजका सदस्यहरुले बताएका छन् ।
सो ज्ञापन पत्र बुझाउने क्रममा नेपाल सरकारबाट अनुदानमा प्राप्त मल गैरकानुनी रूपमा विक्री वितरण हुँदै आएको कारण कृषकहरूले मर्कामा परेको तर स्थानीय निकायले मौन बसेकोमा आपत्ति जनाउँदै त्यस्ता गतिविधिहरु यथाशिघ्र रोक्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुखलाई समेत ध्यानाकर्षण गराएको संस्थाको उपाध्यक्ष भरत साहले बताए ।
ज्ञापन पत्र बुझाउनेमा युवा समाजका अध्यक्ष आकाश चौरसिया, वरिष्ठ उपाध्यक्ष आकाश महतो, उपाध्यक्ष भरत साह, संस्थापक सदस्य मोहन महतो कोइरी, दिपेन्द्र गुप्ता, तिन्डोभिया युव क्लबका अध्यक्ष कृष्ण पटेल लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤