Siraha Times
ताजा समाचार

नदीमा बाढी तर किसानका खेत सुख्खा : नगरपालिकाको उदासीनताप्रति किसान आक्रोशित

  • भदौ १२, २०८२
  • ९४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, भदौ १२ । नदीमा पानी बगिरहेको छ तर किसानका खेत भने सुख्खा छन् । सिरहाका विभिन्न ठाउँका किसानहरूले धान बाली रोप्नसमेत नसकेको अवस्था छ । पानीको हाहाकारबीच किसानहरू असहाय भइरहेका बेला सम्बन्धित नगरपालिका समस्या समाधान गर्नेभन्दा किसान र उनीहरूलाई समर्थन गर्ने पक्षमाथि टिप्पणी र ट्रोलमै व्यस्त देखिएको किसानहरूको गुनासो छ ।

वर्षौं अघि बनेको बाँध र नहर प्रयोगमा ल्याउन किसानहरूले श्रमदान गरेर सफा गरेका थिए । तर संरचनागत कमजोरीका कारण खेतमा पानी पु¥याउन मुस्किल भएको किसानहरूको भनाइ छ । “नदीमा बाढी छ, तर हाम्रो खेत सुख्खा छ,” किसानहरू प्रश्न गर्छन्, “यो विडम्बना होइन त?”

नगरपालिकाको तर्क छ—बाँध र हेडवर्क नदीको सतहभन्दा माथि भएकाले पानी आउन सक्दैन । तर किसानहरू भन्छन्, संरचनागत समस्या भए समाधान खोज्ने जिम्मेवारी स्थानीय सरकारकै हो । “किसानसँग विवाद गर्नेभन्दा समाधान खोज्नुपर्छ, नगरपालिकाले जिम्मेवारी लुकाउन मिल्दैन,” किसानहरूको धारणा छ । 

यस्तै, किसानहरूले श्रम गरेर नहर सफा गर्दा सडकमा फोहोर पारेको भन्दै नगरपालिकाले उल्टै किसानमाथि आरोप लगाएको छ । सडक बिग्रने चिन्ता नगरपालिकालाई देखिए पनि लाखौँ रुपैयाँ बराबरको धानबाली सुक्दै जाँदा त्यसको चिन्ता नगरपालिकाले नगरेको भन्दै किसानहरू आक्रोशित छन् ।

किसानहरूले भनेका छन्, “सडकको मर्मतमा मात्रै चासो देखाउने नगरपालिकाले किसानको पसिनाले सिंचित खेत सुक्दा मौन बस्नु अचम्म हो ।” नदीमा निरन्तर पानी बगिरहेको अवस्थामा समेत खेतहरूमा सिँचाइ नहुँदा उत्पादनमा ठूलो घाटा हुने खतरा बढेको छ । किसानहरूले तत्काल समाधान खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१