ताजा समाचार

जसपा नेता डा. सुरेन्द्र यादवको घरदैलो अभियान : भूमि विधेयकविरुद्ध एकता कायम गर्न आग्रह

  • भदौ ११, २०८२
  • १२९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेश सिंह महोत्तरी, भदौ ११ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्व राज्य मन्त्री डा. सुरेन्द्र यादवले भूमि विधेयकविरुद्ध घरदैलो कार्यक्रमलाई सक्रिय बनाएका छन्। बुधबार उनले महोत्तरीको सोनमा गाउँपालिका वडा नं. १ र २ का बस्तीमा पुगेर जनता माझ सरकारको कदम राष्ट्रियहीत विपरीत भएको भन्दै एकजुट हुन आह्वान गरे । 

डा. यादवले घरदैलो कार्यक्रममा बोल्दै भने, “भूमि विधेयक राष्ट्रियहीत विपरीत छ । यसले वन–जंगलको विनाश गर्ने, जैविक विविधता खतरामा पार्ने मात्र होइन, तराई–मधेशलाई मरुभूमिकरणतर्फ धकेल्ने खतरा छ। त्यसैले जनताले एकजुट भएर प्रतिकार गर्नु जरुरी छ।” ‘भूमि र वन बचाउँ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउँ’ भन्ने नारासहित जसपा नेपालले सञ्चालन गरेको विरोध अभियान अन्तर्गत भदौ ९ देखि १५ सम्म देशव्यापी प्रदर्शन जारी रहेको नेता यादवले जानकारी दिए।

भूमि विधेयकविरुद्ध देशव्यापी आन्दोलन जसपाले भदौ ९ गतेबाट सुरु गरेको भूमि विधेयकविरुद्धको आन्दोलन भदौ १५ गतेसम्म देशका विभिन्न शहरमा व्यापक विरोध प्रदर्शनमार्फत निरन्तर रहने जनाएको छ। जसपा नेपालले भूमि विधेयक मुलुक र जनताको हितमा नभई भू–माफिया र जग्गा दलालको पक्षमा हुने ठहर गरेको छ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले “वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न, जैविक विविधता र वातावरण संरक्षण गर्न, तराई–मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न” अभियान अन्तर्गत विधेयकविरुद्ध कडा प्रतिकार गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤