अर्नमा गाउँपालिका २ मा जसपा नेपालको भव्य भेला तथा सामूहिक पार्टी प्रवेश कार्यक्रम सम्पन्न

  • साउन २१, २०८२
  • ८४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान साउन २१ । जनता समाजवादी पार्टी नेपाल (जसपा) सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर २ मा पार्टीको वडा समिति उपाध्यक्ष कारि सिंहको अध्यक्षतामा एक भव्य वडा भेला तथा सामूहिक पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य असेस्वर यादव रहनु भयो। विशिष्ट अतिथिका रुपमा केन्द्रीय सदस्य चन्देश्वर पासमान, जिल्ला अध्यक्ष अशोक यादव, प्रेस मञ्च मधेस प्रदेशका अध्यक्ष अभरेन्द्र कुमार यादव लगायत हरेराम यादव, बिहारी दास र सचिव विश्वदेव ठाकुरको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य वडा सह–सचिव सुर्यनाथ महतोले गर्नुभएको थियो।

1. 9

उक्त भेलामा अर्नमा गाउँपालिका भित्रका विभिन्न दलहरू परित्याग गरी सयौं कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन्। विशेषगरी नेकपा माओवादी केन्द्र परित्याग गर्दै पूर्व निर्वाचित वडा सदस्य नथुनी महतोको नेतृत्वमा झण्डै २०० जना कार्यकर्ताहरू जसपा नेपालमा प्रवेश गरेका हुन्। त्यस्तै, एमाले परित्याग गर्दै सन्तोष कुमार साहको नेतृत्वमा अन्य ५० जना कार्यकर्ताहरूले पनि जसपाको सदस्यता ग्रहण गरेका छन्। पार्टी प्रवेश गरेका नयाँ सदस्यहरूलाई अतिथिहरूले अबिर, टीका र खादा ओढाएर सम्मानपूर्वक स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरिएको थियो।

नेताहरूले स्वागत मन्तव्य राख्दै पार्टीमा प्रवेश गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे। साथै, जसपा नेपालले मधेसका जनताको अधिकार, पहिचान र समावेशीताका लागि निरन्तर संघर्ष गर्दै आएको बताउँदै आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने प्रण व्यक्त गरे। कार्यक्रममा सहभागिता जनाउँदै नवप्रवेशीहरूले अब आफ्नो सम्पूर्ण समय, श्रम र योगदान जसपा नेपाललाई समर्पण गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

ऑक्सफ़ोर्ड इंग्लिश एक ...

कपिलवस्तु /कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एके ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान चैत २९ । मधेश प्रदेशको सप्तरी जिल्ला बलान बिहुल गाउँपालिका वडा न. २ चन्हीमा &ldq ...

लहानमा कुशवाहा कल्या ...

रहमुल, लहान, २९चैत । सिरहाको लहान नगरपालिका–३ स्थित ल.ल.कु.मा.बि.को प्राङ्गणमा नेपाल कुशवाहा क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१