Siraha Times
ताजा समाचार

लहान नगरपालिकाले २०३० सम्म प्रत्येक घरमा सुद्ध खानेपानी पुर्‍याउने योजना सार्वजनिक

  • साउन १५, २०८२
  • १०१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान, साउन १५ । लहान नगरपालिकाले सन् २०३० सम्ममा प्रत्येक घरधुरीमा सुद्ध र सुरक्षित खानेपानी पुर्‍याउने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ। नगर प्रमुख महेश प्रसाद चौधरीले सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिँदै खानेपानी पहुँच विस्तार र सरसफाइ सुधारलाई नगरको प्रमुख प्राथमिकतामा राखिएको बताए।

उनका अनुसार हाल प्राथमिक चरणमा वडा नम्बर १३, १४, १६ र २४ मा पाइपलाइन जडान गरिनेछ भने आगामी वर्षभित्र वडा नम्बर १८, ११, १२ र २० मा योजना विस्तार गरिनेछ। "विकासको मेरुदण्ड भनेकै स्वच्छ पानी र राम्रो सरसफाइ हो," मेयर चौधरीले भने, "हामीले २०३० सम्म सबै वडामा घर–घरमा पानी पुर्‍याउने प्रतिबद्धता लिएका छौं।"

योजनाअनुसार नगरका ४०० दलित तथा विपन्न परिवारलाई निःशुल्क धारा उपलब्ध गराइनेछ। यसले सामाजिक न्यायलाई सम्बोधन गर्दै पानी पहुँचमा समानता ल्याउने अपेक्षा गरिएको छ। खानेपानीसँगै लहान नगरपालिकाले खुला दिसामुक्त क्षेत्र (ODF) सुनिश्चित गर्ने लक्ष्य पनि अघि सारेको छ। हाल नगरभित्र ODF अवस्था झण्डै १५ प्रतिशत मात्र रहेको जनाउँदै मेयर चौधरीले आगामी वर्षभित्र ३ हजार शौचालय निर्माण गरिने योजना सुनाए। यसै सन्दर्भमा हुलाक कार्यालय नजिकको पूर्व बस स्टेण्ड क्षेत्रमा ६० लाख रुपैयाँ लागतमा आधुनिक सुविधासम्पन्न नमुना शौचालय निर्माण गरिनेछ।

उक्त परियोजना ‘द विकन’ (The Beacon Project) अन्तर्गत सञ्चालित हुने बताइएको छ। वाटर एड यूके र एंगलियन वाटरको मुख्य साझेदारीमा सन्चालित परियोजनाका विषयमा युकेमा सम्पन्न एक बैठकमा लहान नगरमा विद्यालय, स्वास्थ्य संस्था र दलित बस्तीमा खानेपानी तथा सरसफाइ सुविधा विस्तार गर्ने सम्झौता भएको जानकारी पनि मेयर चौधरीले पत्रकार सम्मेलनमा दिएका थिए। उनका अनुसार स्थानीय सहभागिता र दीर्घकालीन दिगोपनाको आधारमा योजना कार्यान्वयन गरिनेछ। लहान नगरवासीको स्वास्थ्य, शिक्षा र जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षासहित खानेपानी तथा सरसफाइ कार्यक्रमको पूर्वाधार विस्तारमा नगरपालिका अघि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

नेपाल रेडक्रस धनुषाम ...

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१