लहान नगरपालिकामा पहिलोपटक उपमेयर राम चलितर महतो कार्यवाहक नगर प्रमुख

  • साउन २, २०८२
  • ८४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, साउन ४ । देशकै ठुलो नगरपालिका मानिने सिरहा जिल्लाको लहान नगरपालिकामा पहिलोपटक उपमेयर राम चलितर महतो कार्यवाहक नगर प्रमुखको जिम्मेवारीमा तोकिएका छन्। प्रमुख महेशप्रसाद चौधरी वाटर एड युके तथा एंगलियन वाटरको विशेष निमन्त्रणमा लण्डन प्रस्थान गर्न लागेको कारण महतोले यो जिम्मेवारी सम्हाल्न लागेका हुन्। नगर कार्यपालिकाको नियामावली २०७४ बमोजिम, प्रमुख अनुपस्थित भएमा उपप्रमुखले कार्यवाहक प्रमुखको रूपमा काम गर्ने प्रावधानअनुसार मेयर चौधरीले साउन ४ गतेदेखि आफू विदेशबाट फर्किएसम्मका लागि महतोको नाम तोक्ने निर्णय गरेका हुन्।

लहान नगरपालिकामा पछिल्ला दुई वर्षदेखि विकास निर्माण र नगर सञ्चालनमा विवादरहित अवस्था देखिँदै आएको छ। यसअघि जनप्रतिनिधिहरूबीच आन्तरिक असमझदारीका चर्चाहरू बाहिर आउने गरेका थिए। तर अहिले मेयर र उपमेयरबीचको परस्पर सहकार्यले नगरमा नयाँ राजनीतिक संस्कृतिको अभ्यास भएको स्थानीय बासिन्दा र विश्लेषकहरू बताउँछन्। नगरपालिका स्रोतका अनुसार, मेयर चौधरीले लण्डन भ्रमणलाई अवसरका रूपमा उपयोग गर्दै नगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र पानी तथा सरसफाइ सम्बन्धी अनुभव साटासाटमा जोड दिने तयारी गरेका छन्।

नगरपालिकाको नेतृत्व सम्हाल्न लागेका कार्यवाहक प्रमुख राम चलितर महतोले प्रचलित कानुन र नियम अनुसार नगरपालिकाको दैनिकी सञ्चालन गर्ने बताएका छन्। उनका अनुसार, नगरवासीका अपेक्षालाई ध्यानमा राख्दै विकास निर्माणका कामलाई निरन्तरता दिने र सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी प्रशासन चलाइनेछ। "जनअपेक्षालाई प्राथमिकतामा राख्दै पारदर्शी प्रशासन र विकास कार्यलाई निरन्तर अघि बढाउने मेरो पहिलो दायित्व हुनेछ," महतोले भनेका छन्।

महतोले नगर कार्यपालिकाको चालु योजना र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारीबीच समन्वय कायम राख्ने जनाएका छन्। साथै, नगरवासीलाई सरल र सहज सेवा प्रदान गर्न आवश्यक व्यवस्थापन तथा सुधारका उपायहरू पनि अघि बढाउने तयारी रहेको स्रोतले जनाएको छ। लहान नगरपालिकामा कार्यवाहक प्रमुख नियुक्तिको यो प्रक्रिया मात्र प्रशासनिक आवश्यकता नभई, राजनीतिक सहकार्य र समन्वयको सकारात्मक उदाहरणका रूपमा समेत हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१