ताजा समाचार

सिरहाको कमला र बलान नदिमा पानीको बहाब उच्च, सिराहा ,सप्तरी र धनुषाकाे कमला नदि आसपासका गाउँमा डुवानमा

  • असार २९, २०७६
  • १६०१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो , सिराहा,असार २९ । सिरहा , सप्तरी र धनुषा तराईको कमला नदी र बलान नदीमा पानीको बहाब अहिलेसम्मकै उच्च रहेको स्थानीयले बताउछन ।  सिरहा , सप्तरी र धनुषा जिल्ला जोडने कमला नदीमा पानी खतराको सहतभन्दा पनि माथि नाघेको जनाइएको छ । कमलाको पानीमा उच्च बहाब आएपछि आसपासका गाउँहरुमा हाईअलर्ट जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहा र सप्तरी, धनुषा र जिल्ला प्रशासन कार्यालय सिरहाले कमला किनारमा रहेको गाउँहरुमा हाईअलर्ट जारी गर्दै सुरक्षाकर्मी समेत परिचालन गरेको हो ।  धनुषाको कमला नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ , सहिदनगर नगरपालिकाको वडा नं. २ बतराहीमा कमलाको पानी पस्ने सम्भावना प्रबल भएको छ भने सिरहाको , लहान ,नबराजपुर , नहर्निया , कजरा , सोठियाईन , देबनगर , भगवानपुर , सिनुरिया र बसपिटटा, सिरहा, कल्याणपुर, चतरी, पर्साही, फुलबरिया लगायतका गाउँहरुमा समेत खतरोको संकेत देखिएको जनाइएको छ । दुवै जिल्लाका प्रशासनले उक्त क्षेत्रहरुमा हाईअलर्ट जारी गर्दै सुरक्षित स्थान खोज्न आग्रह गरेको हो ।  बलान खोला र खुटि खोलामा पानीको बहाब निरन्तर उच्च हुँदै गएकोले पानी अहिले खतराको सहतभन्दा माथि आएको देखीन्छ । विभागले  - "कमला नदी(धनुषा-तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तह भन्दा ज्यादै माथि पुगेको र वर्षा हुने क्रम जारी रहने देखिएकोले धनुषा र सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा रहनु हुनेहरू आज असार २८ गते दिनभर सुरक्षित स्थानमा बस्न वा रहनुहुन अनुरोध गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤