Siraha Times
ताजा समाचार

सिरहामा १० वर्षिय नबालीकालाई जबर्जस्ति कर्नी गरेको आरोपमा एक जना प्रहरीको नियन्त्रणमा

  • असार २७, २०७६
  • ११७३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो , सिरहा २७ असार । सिरहाको कल्यणपुरको कमला बगरमा बाख्रा चराउन गएकी १० वर्षीया नबालिका बलात्कृत भएकी छिन । नबबालिका एकै रहेको हुँदा बलात्कारमा संलग्न रहेको आरोपमा कल्याणपुर नगरपालिका ३ बस्ने ५५ वर्षीय रामबृक्ष साफीलाई प्रहरीले घरै बाट नियन्त्रणमा लिएको हो । जबरजस्ती करणी अन्तर्गतको मुद्दामा बुधबार म्याद थप गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले बताएको छ । मिर्चैयाको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले भने पीडित नबालिकालाई उद्धृत गर्दै कमला बगरमा भैंसी चराउन भएका साफीले मंगलबार दिउँसो बालिकालाई जबर्जस्ती करणी गरेको बताए । पीडित नबालिका र साफीको सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१