Siraha Times
ताजा समाचार

मुसल्धारे वर्षाले , तराईका जिल्लाहरुमा जनजीवन प्रभावित सर्बसाधनलाई सास्ती ,किसानहरु खेतीगर्नमा ब्यस्त

  • असार २६, २०७६
  • ८२१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो २६ असार , सिरहा । : सिरहामा दुई तिनदिन देखी परेको भारी बर्षाले तराईमा ठाँउमा पनि जमेको हो । मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशभर वर्षा भइरेहको छ । अझै दुई , तीन दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बर्षाले सिरहा , सप्तरी , धनुषा, मोहोतरी लगायतका जिल्लाहरुमा बिहिवार बिहानै देखी परेको मुसलधारे बर्षाले बजार , कलखार्खना बन्द रहेको छ। बाहिर बाट आएको यात्रुलाई गन्तव्य तर्फ पुगन गाह्रो भएको सर्बसाधारण , रिझन यादव , अङ्कित भुजेल , महेश खडका , निरन्जना चौधरी, प्रस्नसा चौधरीले दुखेसो पोखेका हुन । सिरहाको बसपार्क , होटेल, होस्पिटल र सार्बजनिक ठाँउहरुमा यात्रुहरुको भिडलागेको देखिन्छ। यता किसानहरु खेतीगर्न मा ब्यस्त छ। मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एक,दुई स्थानमा अति भारी वर्षासमेत हुने जनाएको हो ।मौसमविद्का अनुसार विशेष गरी आज र भोलि यो क्रम जारी रहनेछ । “वर्षा निरन्तर नभई एकछिन रोकिने पुनः शुरु हुनेछ”, मौसमविद्लले बताए । यता शुक्रबार देशभर बद्ली रही देशका पश्चिमी भू–भागका केही स्थान र मध्यपूर्वका धेरैजसो स्थानमा वर्षा हुनुको साथै एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २० मिलिमिटर वर्षाको भएको छ । यसैगरी पोखरामा १३।०, सिमरामा ३४, वीरेन्द्रनगरमा ५, दिपायलमा १०, दाङमा २१ र नेपालगञ्जमा १३ मिलिमिटर वर्षा मापन गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले आज प्रदेश १, २ र ३ का साना र मझौला खोला, नदीमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश तथा प्रदेश नं २ र ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बहने केही साना नदीमा आकस्मिक बहाव हुने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ । बर्षाले तराईका अधिकान्स नदि , तलाउ ,पोखरीहरु जलमग्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१