Siraha Times
ताजा समाचार

औरही गाउँपालिकाको १३औं अधिवेशन भव्यताकासाथ सम्पन्न

  • असार ११, २०८२
  • ९४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ११ असार । सिरहाको औरही गाउँपालिका १३ औं अधिवेशन मंगलबार सम्पन्न भएको छ। प्रमुख अतिथि लोक सेवा आयोग कार्यालय मधेश प्रदेशका पुर्व अध्यक्ष, विशिष्ट सिरहाका सिडियो दाहाल, गाउँपालिकाको सम्पूर्ण वडाअध्यक्ष, कार्यपालिका सदस्य, संचारकर्मी, सुरक्षाकर्मी, ग्रामीणबासी लगायतको उपस्थितिमा मंगलबार गाउँ अधिवेशनको खुल्ला सत्र सम्पन्न गरेको छ ।

चालू आर्थिक वर्ष २०८२/०८३ को लागि ४० करोड ८३ लाख ९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ। पुर्वाधार तथा संरचना विकास, जनसंख्या तथा समाजिक विकास, वातावरण संरचना तथा खानेपानी, शिक्षा, स्वास्थय, कृषि विकास तथा सहकारी, रोजगार, धार्मिक साँस्कृतिक र पर्यटन लगायत विविध क्षेत्रमा नीति बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले गाउँसभालाई सम्बोधन गर्दै भने - ३ महिनाभित्र घर बनेको/ नबनेको घर नि:शुल्क रुपमा नक्सा बनाउन सम्पूर्णमा आग्रह गरेका छन् ।

३ महिना पछि स:शुल्क हुने भनिएको छ। यो सँगै सिरहाको १७ पालिकामध्ये सिरहा नगरपालिका बाहेक सबै पालिकाले कानुनी रुपमा समयमै आफ्नो नीति बजेट तथा कार्यक्रम ल्याएको छ। सिरहाका अधिकाँश पालिकाले भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाईलाई प्राथमिकतामा राखेका छन् । त्यसैगरी, औरही गाउँपालिकासहित १६ पालिकाको नीति बजेट तथा कार्यक्रम यस्तो रहेको छ।

लहान नगरपालिका : १ अर्ब ६७ करोड ९५ लाख २८ हजार ६०१ रुपैयाँ गोलबजार नगरपालिका : ८१ करोड ८९ लाख ८९ हजार रुपैयाँ मिर्चैया नगरपालिका : ७० करोड ११ लाख ७९ हजार ८४३ रुपैयाँ कर्जन्हा नगरपालिका : ४२ करोड ९१ लाख ११ हजार २७१ रुपैयाँ धनगढीमाई नगरपालिका : ६८ करोड ९ लाख ७४ हजार ८६६ रुपैयाँ सुखीपुर नगरपालिका : ६२ करोड ८६ लाख ९ हजार २२६ रुपैयाँ कल्याणपुर नगरपालिका : ५८ करोड ३१ लाख ३३ हजार ५०३ रुपैयाँ औरही गाउँपालिका : ४० करोड ८३ लाख ९ हजार १५ रुपैयाँ अर्नमा गाउँपालिका : ४९ करोड ९६ लाख रुपैयाँ नवराजपुर गाउँपालिका : ४३ करोड ८६ लाख ७५ हजार २०० रुपैयाँ भगवानपुर गाउँपालिका : ४८ करोड ४४ लाख ३१ हजार ९४७ रुपैयाँ लक्ष्मीपुर पतारी गाउँपालिका : ४३ करोड ३४ लाख ५१ हजार रुपैयाँ विष्णुपुर गाउँपालिका : ४३ करोड ९४ लाख ५१ हजार २५१ रुपैयाँ सखुवानन्कारकट्टी गाउँपालिका : ३७ करोड ४० लाख ४ हजार ३०२ रुपैयाँ नरहा गाउँपालिका : ३८ करोड ८६ लाख ९५ हजार रुपैयाँ बरियारपट्टी गाउँपालिका : ४५ करोड ६८ लाख ८१ हजार ९१८ रुपैयाँ रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१