जसपा नेपाल बर्दिया जिल्ला प्रथम अधिवेशन सुरु उपेन्द्र यादवद्वारा उदघाटन

  • जेठ २२, २०८२
  • ८३७ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं २२, जेष्ठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपाल बर्दिया जिल्ला कार्यसमितिको एकताको प्रथम अधिवेशनको उद्घाटन गरेका छन् ।  

मधेश आन्दोलन लगायत अन्य ज्ञात अज्ञात शहीदलाई सम्झदै पानसमा बत्ति बालेर अधिवेशनको खुला सत्रको उद्घाटन भएको छ ।

अधिवेशन सत्रको उदघाटन गर्न जसपा नेपालको केन्द्रीय नेतृत्व बिहिबार दिउँसो नेपालगञ्जबाट गुलरियाको लागि प्रस्थान गरेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ ।

नेपालगञ्ज पछि पश्चिम नेपालको बर्दिया जिल्लामा पनि बलियो पकड बनाउँदै गएको जसपा नेपालको केन्द्रीय नेतृत्वले अधिवेशनको खुला सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । जसपा नेपालले लुम्बिनी प्रदेशलाई प्राथमिकतामा राखेर संगठन निर्माण अभियानलाई पछिल्लो समय झन प्रभावकारी ढंगले अघि बढाउँदै गएको सचिवालयले जनाएको छ । 

अधिवेशनमा उद्घाटन समारोहको प्रमुख वक्ता रहेका अध्यक्ष यादवसँगै जसपा नेपालका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी र केन्द्रीय सचिव कमरुद्दीन राईन, केन्द्रीय सदस्य सिपी सिंह, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादव लगायतका केन्द्रीय नेतृत्व गुलरिया पुगेको छ । 

भोलि शुक्रबार जिल्ला अधिवेशन उदघाटन गर्न अध्यक्ष यादवसहित जसपा नेपालको केन्द्रीय नेतृत्व कपिलबस्तु प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

बुधबार मात्रै अध्यक्ष यादवले नेपालगञ्जमा बाँके जिल्लाको अधिवेशन सत्रलाई उदघाटन गरेका थिए । कपिलबस्तुको जिल्ला अधिवेशन उदघाटन गरेर अध्यक्ष यादव काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१