Siraha Times
ताजा समाचार

पाकिस्तानको वर्षौ देखी बन्द हिन्दू मन्दिर प्रम इमरान खानले खोलाए

  • असार २१, २०७६
  • ७२७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

एजेन्सी । पाकिस्तान इस्लामिक राष्ट्र भएकै कारण त्यहाँ रहेका अल्पसंख्यकहरुमाथि दमन र अत्याचार हुने गरेको,जबरजस्ती धर्म परिवर्तन गराउँने गरेको आरोपहरु लाग्दै आएका छन् । तथापी पछिल्लो समय भने पाकिस्तानले अल्पसंख्यक हरुका लागि पनि अधिकारहरु सुनिश्चित गर्दै आईरहेको छ । त्यसमाथि पनि इमरान खान प्रधानमन्त्री बनेपछि उनको सरकारले पाकिस्तानमाथिको उक्त छबी पनि परिवर्तन गर्ने कसरतमा छन् । यसबीच इमरान खानको सरकारले पाकिस्तानमा रहेको ७२ बर्षपछि हिन्दुहरुको पुरानो मन्दिरको ढोका खोलिदिएको छ ।

सरकारले स्यालकोटस्थित हजार बर्ष पुरानो शिवला तेजा सिंह मन्दिर खुला गरिदिएको हो । सरकारले अब उक्त मन्दिर सदाका लागि खोल्ने घोषणा पनि गरेको छ । सन् १९४७ मा भारतबाट पाकिस्तान टुक्रिएपछि उक्त मन्दिर बन्द गरिएको थियो । सो क्षेत्रबाट हिन्दुहरु पलायन भएपछि उक्त मन्दिर बेवारिसे जस्तै भएको थियो । सन् १९९२ मा अयोध्यामा बाबरी मस्जिदमाथि आक्रमण भएपछि कट्टरपंथीहरुले उक्त मन्दिरमा पनि बिस्फोट गराएका थिए जसको कारण त्यहाँका अधिकांश स्तम्भहरु क्षतिग्रस्त अवस्थामा रहेका छन् ।

पाकिस्तानस्थित हिन्दु संगठनहरुले उक्त मन्दिर खोल्न आग्रह गर्दै आईरहेका थिए फलस्वरुप इमरान खानको सरकारले उक्त मन्दिर खोलिदिएको हो । साथै सरकारले उक्त मन्दिरको संरक्षणका लागि ५० लाख आर्थिक सहयोग गर्ने पनि घोषणा गरेको छ । सो रकमबाट पनि मन्दिरको पुर्ननिर्माण हुनेछ । १० औँ शताब्दीमा निर्माण भएको उक्त मन्दिर खोल्ने घोषणको हिन्दुहरुले स्वागत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१