मलेसियामा जसपानिकट ३१ सदस्यीय नेपाली समाज गठन

  • जेठ १८, २०८२
  • ९०९ पटक पढिएको
  • रामएकवाल राम
alt

मलेसिया । जनता समाज पार्टी ( जसपा) नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री उपेन्द्र यादवको प्रमुख आथित्यमा मलेसियामा अन्तरक्रिया तथा भेटघाट सम्पन्न गरेका छन। आइतबार मलेसियाको क्वालालम्पुरमा नेपाली समाज मलेसियाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गर्नुका साथै, एक भव्य संस्थागत शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

नेपाली राजदूत मलेसियाका महामहिम डा. नेत्रप्रसाद तिमल्सिनाको विशिष्ट आतिथ्यता तथा पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापा, मधेस प्रदेश सभा सदस्य राजु गुप्ता, सेन्टर फर साउथ काठमाडौका डाइरेक्टर डा. निश्चलनाथ पाण्डे,आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष बिपिन राई, डेमोक्रेटिक एक्सन पार्टीकी अन्तर्राष्ट्रिय सचिव तथा पूर्व सांसद कस्तुरी पट्टोको उपस्थिति रहेको थियो।

त्यस्तौ कार्यक्रममा बुकित गासिङ राज्यसभा सदस्य राजिव रिश्याकरन, सिटी काउन्सिलर पेतालिङ जयाका कुसालिनी महेन्द्रन, डिएपी समाजवादीका युवा उपाध्यक्ष इस्कन्दर फारीज, बंगलादेश नेशनलिष्ट पार्टीका महेबु आलम, एनआरएनए मलेसियाका अध्यक्ष राकेश महतो, एनआरएनएका एशिया प्यासिफिक संयोजक हरि प्रसाद भट्टराई र अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व सचिव एवम एनआरएनए अभियान्ता खगेन्द्र न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जसपा नेपालका प्रवास सङ्गठन नेपाली समाज मलेसियाका नयाँ नेतृत्व समेत चयन गरेका छन। सर्वसम्मत चयन भएका अध्यक्षमा विनोद कुमार यादव, उपाध्यक्षहरूमा पूवराज चौलागाईं र ङावाङ नुरी शेर्पा, महासचिवमा विप्लवी तेन्जु योन्जन सचिव विक्रम याख्खा, सहसचिव राम प्रवेश राय यादव र उपसचिवमा घुरण ठाकुर चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा भग नारायण यादव, वरहम देव शाह, श्रीराम मण्डल, खगेन्द्र यादव, सुरेश यादव, राम विनय साह, रन्जीत सन्त, कर्ण विर सिंह, दामोदर यादव, उमेश यादव, ललित मान तामाङ, प्रेम मुखिया, मनीष यादव, सुदामा यादव, विपना कार्की, देव साहु सोनार, कमल सिंह तामाङ, शिव शंकर साह, रामशरण यादव र पिताम्बर सरदार चयन भएका छन् ।

कार्यक्रमले मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीच संगठित नेतृत्व र सामाजिक एकतालाई मजबुत बनाएको आयोजकको भनाइ छ। नयाँ कार्यसमितिले प्रवासी नेपालीहरूको हितमा क्रियाशील भएर कार्य गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१