Siraha Times
ताजा समाचार

समाजवादी प्रेस संगठनलाई ठूलो धक्का, दर्जनौंले दिए सामुहिक राजीनामा

  • जेठ १२, २०८२
  • ८१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया बारा १२ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नजिक रहेका समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सल्लाहकार एवं निवर्तमान प्रचार विभाग सदस्य राघव साह सहित संगठन पर्साका निवर्तमान अध्यक्ष आशमहम्मद मियाँको समुहले संगठनको साधारण सदस्य समेत नरहने गरी सोमबार राजीनामा गरेको छ । संगठनमा हैकमबादी, चापलुसी बढदै गएकोले राजीनामा दिईएको बताईएको छ । संगठन पर्सामा संगठनका संस्थापक केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठकै पालादेखि बिवाद हुदै दुई गुटमा बिभाजित भएको थियो । करिब दुई वर्ष देखि पर्सा संगठनमा बिवाद र गुट उपगुट भए पछि नेतृत्वकर्ताले वास्तै नगरी थप झगडा बल्झाउने काम गरेको जगजाहेर नै रहेको राजीनामा पत्रमा उल्लेख रहेको छ । 

2 12

बिवाद भए देखि संगठन, प्रचार विभाग र पार्टीमा बारम्बार उजुरी दिंदा मिति २०८१ माघ ६ गते संगठनको कार्यवाहक अध्यक्ष नवराज छतकुलीको अध्यक्षतामा केन्द्रिय पदाधिकारी एवं सल्लाहकारहरुको संयुक्त बैठकले पर्सा जिल्लामा संगठनको दुई वटा कमिटी भएकोले दुबै कमिटीलाई बिघटन गरी अजय चौरसिया संयोजक रहने गरी आयोजक कमिटी सर्वसहमतिले बनाउने निर्णय भयो । तर सो निर्णय पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा विधि, विधान उल्लंघन गर्ने, सर्वसम्मतिको निर्णय कार्यान्वयन नगर्ने प्रवृत्ति संगठनमा देखिएकोले झोले संगठनमा बस्न उचित नरहेको राजीनामा पत्रमा उल्लेख रहेको छ । सो निर्णय कार्यान्वयन नभएकोले मिति २०८२÷२÷१ गतेका दिन हामीहरुले संगठनको केन्द्रिय कार्यालयमा राजीनामा दिए पनि हालसम्म सो राजीनामा स्वीकृत भएको आधिकारीक जानकारी नआएको र केन्द्रिय नेतृत्व पूर्ण रुपले असंक्षम देखिएकोले आजैको मिति देखि हामीहरु समाजवादी प्रेस संगठनको साधारण सदस्य समेत नरहने गरी यो राजीनामा दिएको निवर्तमान अध्यक्ष मियाँले बताए । 

राजीनामा दिनेहरुमा संगठन पर्साका दिपक कुशवाहा, राम अनुप यादव, श्रीराम रौनियार, जय कुमार यादव, रामेश्वर चौरसिया, अजय चौरसिया, दिपेन्द्र गिरी, रंजित चौरसिया, राकेश जायसवाल, बिरेन्द्र भट्टराई, रोशन कुमार, मयन्क गुप्ता, अरुण कुमार, आकाश पटेल, राजकिशोर भगत, बिनय कुमार मुखिया, सागर कुमार, दिपक चौरसिया, मुकेश कुमार चौरसिया, सन्नी कुमार, अकबर हवारी, रामाशंकर कुमार, जितेन्द्र कुमार लगायत रहेका छन् । यसअघि आईतवार संगठनका केन्द्रिय उपाध्यक्ष एवं मधेश प्रदेश ईन्चार्ज सुभाष साहले संगठनको गतिविधि प्रति असन्तुष्टि जनाउदै राजीनामा दिई सकेका छन् ।

प्रतिक्रिया दिनुहोस

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

नेपाल रेडक्रस धनुषाम ...

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१