Siraha Times
ताजा समाचार

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८२ तथा पाँचवर्षे विस्तृत कार्ययोजना सार्वजनिक

  • जेठ ९, २०८२
  • ९८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान ९ जेठ । नवराजपुर गाउँपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८२ र त्यसको पाँचवर्षे विस्तृत कार्ययोजना (२०८२/८३ - २०८६/८७) को मस्यौदा सार्वजनिक गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष शिव उदगार यादव 'शिवाले गर्नु भएको हो। कार्यक्रममा अध्यक्ष यादवले नीति कार्यान्वयनबाट लैङ्गिक समानता प्रवर्द्धन, सामाजिक समावेशीकरणको सुनिश्चितता, तथा सशक्तिकरणको क्षेत्रमा ठोस परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उहाँले स्थानीय तहमा सबै वर्ग, समुदाय र लिङ्गका व्यक्तिहरूको सहभागिता र पहुँच सुनिश्चित गर्न गाउँपालिकाले जिम्मेवारीका साथ काम गर्ने बताउनुभयो।

मस्यौदा तयार गर्ने तथा सहजीकरण गर्ने जिम्मेवारी न्याय तथा अधिकार संस्था नेपाल (जुरी नेपाल), ज्वागल, ललितपुरले लिएको छ। संस्थाले नीति निर्माणको क्रममा समावेशी विचार, स्थानीय आवश्यकताहरू र समुदायको सहभागितालाई विशेष प्राथमिकता दिएको जनाएको छ। कार्यक्रममा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को सहयोग तथा सहकार्य रहेको थियो। यूएनएफपीएले नीति निर्माणमा प्राविधिक सहयोग मात्र नभई, लैङ्गिक समानताको प्रवर्द्धनमा गाउँपालिकासँग दीर्घकालीन साझेदारी कायम गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा विभिन्न वडाका प्रतिनिधिहरू, स्थानीय समुदायका अगुवाहरू, महिला, दलित, मुस्लिम, जनजाति तथा पिछडिएका वर्गका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नीति प्रति आभार व्यक्त गर्दै आगामी वर्षमा यसको प्रभावकारी कार्यान्वयनको अपेक्षा व्यक्त गरेका थिए। नवराजपुर गाउँपालिका, सिरहा जिल्लाको यो नीति मधेश प्रदेशमै पहिलोपटक सार्वजनिक रूपमा मस्यौदा सहित प्रस्तुत गरिएको नीति हो, जसले लैङ्गिक न्याय र सामाजिक समावेशीकरणको दिशामा महत्वपूर्ण माइलस्टोनको रुपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१