Siraha Times
ताजा समाचार

जसपा पर्सामा ठूलो झटका साह र गुप्ताले दिए राजीनामा

  • जेठ ४, २०८२
  • ९१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज ४ जेष्ठ। जनता समाजवादी पार्टी (जसपा), पर्सामा नेतृत्व तहका दुई महत्वपूर्ण व्यक्तित्वले एकैसाथ पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्, जसले स्थानीय राजनीतिमा गम्भीर चर्चा र विश्लेषण निम्त्याएको छ। वडा नं. १० का इकाई अध्यक्ष जोगेन्द्र प्रसाद साह कानु र नगर उपाध्यक्ष लखन लाल गुप्ता दुबैले पार्टीको सम्पूर्ण जिम्मेवारी र सदस्यताबाट अलग हुने निर्णय गरेका छन्।

जोगेन्द्र प्रसाद साह कानुले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन्, उनले वडा अध्यक्षका रूपमा स्थानीय तहदेखि संघीय निर्वाचनसम्मको पार्टी जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए। उनले २०७४ को निर्वाचनमा पनि पार्टीका उम्मेदवारलाई विजयी गराउन निर्णायक भूमिका खेलेको दाबी गरेका छन्।

तर, पछिल्लो समय पार्टीमा देखिएको कार्यशैली, समन्वय अभाव तथा नेताहरूको योगदानप्रति उचित सम्मान नदेखिएको भन्दै उनले अब जनता समाजवादी पार्टीसँग कुनै पनि सम्बन्ध नराख्ने स्पष्ट रूपमा घोषणा गरेका छन्। १७ वर्षदेखि पार्टीको विचार, नीति र आन्दोलनमा समर्पित गुप्ताले नगर उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। तर हाल उनले पार्टीको कार्य सञ्चालनमा सक्रिय रहन नसकेको उल्लेख गर्दै सम्पूर्ण जिम्मेवारी र सदस्यता त्यागेका छन्।

गुप्ताले आफ्नो राजीनामा पार्टीको केन्द्रीय कार्य समिति, मधेश प्रदेश समिति, जिल्ला समिति, र नगर समितिमा बोधार्थ पठाएका छन्। जसपाका यी दुई पुराना र प्रभावशाली नेताको एकैपटक राजीनामा आउनुले पार्टीको आन्तरिक व्यवस्थापनप्रति प्रश्न उठाएको छ। स्थानीय तहमा पार्टीको सांगठनिक संरचना र आगामी रणनीतिमा यसको असर पर्ने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१