भूमि सम्बन्धी विधेयकप्रति जसपा अध्यक्ष उपेन्द्र यादवको कडा आपत्ति, सडक र सदनबाट सशक्त विरोधको चेतावनी

  • जेठ २, २०८२
  • ६८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, जेठ २ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले हालै पुनः संसदमा पेश गरिएको भूमि सम्बन्धी विधेयकप्रति गम्भीर आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष यादवले उक्त विधेयक वन तथा भूमाफियाको स्वार्थमा केन्द्रित रहेको आरोप लगाएका छन्। शुक्रवार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, “भूमी सम्बन्धि अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौं।

अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तिनै प्रावधान राखेर सरकारले भूमि सम्बन्धी विधेयक ल्याएको छ। सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौं।” यसअघि सरकारद्वारा ल्याइएको अध्यादेश पनि जसपाको तीव्र दबाबपछि फिर्ता लिनुपरेको थियो। सो अध्यादेशको विपक्षमा जनमत तयार पार्दै जसपाले सशक्त विरोध अभियान चलाएको थियो। सोही सन्दर्भलाई स्मरण गर्दै अध्यक्ष यादवले यसपटक पनि सरकारले जनभावना विपरीतको विधेयक अघि बढाएमा सशक्त प्रतिकार गरिने चेतावनी दिएका छन्।

यादवले सरकारप्रति गम्भीर असन्तोष व्यक्त गर्दै जनताको हित विपरीत विधेयक ल्याएर वन तथा भूमिलाई नष्ट गर्ने प्रयास भइरहेको आरोप समेत लगाएका छन्। उनले सरकारलाई जनताको पक्षमा उभिन आग्रह गर्दै चेतावनी दिए— "हामी जनताको अधिकारमाथि आँच आउन दिने छैनौं।" विधेयकका प्रावधानमा सुधार नगरेमा जसपा सडक संघर्षदेखि सदनसम्म कडा विरोधमा उत्रने तयारीमा रहेको बताइएको छ। आगामी दिनमा यस विषयलाई लिएर संसदमा पनि बहस तीव्र हुने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१