Siraha Times
ताजा समाचार

लहान नगरपालिकाका वडा सदस्यहरु धार्मिक अवलोकन भ्रमणमा पोखरा–मुक्तिनाथ प्रस्थान

  • जेठ १, २०८२
  • ७८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान जेठ १ । सिरहाको लहान नगरपालिका अन्तर्गतका २४ वटै वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरु जेठ १ गतेदेखि ५ गते सम्मका लागि धार्मिक तथा पर्यटकीय अवलोकन भ्रमणमा पोखरा–मुक्तिनाथ प्रस्थान गरेका छन्। नगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रमबीच लहान नगरपालिकाका मेयर महेश चौधरीको उपस्थितिमा उनीहरुलाई बिदाई गरिएको हो।

May be an image of 5 people and text

मेयर सचिवालयका अनुसार नगरपालिकाले वडा प्रतिनिधिहरुको धार्मिक, सांस्कृतिक र पर्यटनसम्बन्धी ज्ञान वृद्धि गर्ने उद्देश्यले उक्त भ्रमण कार्यक्रमको आयोजना गरेको हो। नगरपालिकाको इतिहासमै पहिलो पटक यति ठूलो संख्यामा जनप्रतिनिधिहरु एकैपटक भ्रमणमा निस्किनु ऐतिहासिक मानिएको छ। लहान–९ का वडा अध्यक्ष घुरन थारुले यस भ्रमणमा सहभागी हुन पाएकोमा निकै खुशी लागेको प्रतिक्रिया दिएका छन्। उनले भने, "यसरी नगरपालिकाले हामी सबै वडा सदस्यहरुलाई धार्मिक स्थलहरुको अवलोकनमा पठाउनु ठूलो कदम हो। यसले हाम्रो सोचमा सकारात्मक परिवर्तन ल्याउने छ र भविष्यमा नगरका विकास योजनाहरुमा पनि थप योगदान पुग्नेछ।"

May be an image of 3 people and text that says 'रिजर्म रयववय क्षेत्र अबली'

भ्रमण टोलीले पोखराको फेवा ताल, देविस फाल, शान्ति स्तुपाजस्ता प्रमुख पर्यटकीय स्थल अवलोकन गर्नेछ भने त्यसपछि मुस्ताङस्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ। नगर प्रमुख चौधरीले प्रतिनिधिहरुको भ्रमणबाट धार्मिक सहिष्णुता, पर्यटन प्रवर्द्धन तथा नगर विकासको नयाँ दृष्टिकोण स्थापित हुने विश्वास व्यक्त गरेका छन्। नगरपालिकाले भ्रमण अवधिभर सम्पूर्ण व्यवस्थापन मिलाएको जनाइएको छ। प्रतिनिधिहरुको यो भ्रमणले लहान नगरभित्र धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

​खुला आकाशमुनि रात, ...

विनोद अविरल, बैशाख ८ । लुम्बिनी प्रदेशको पछिम ​​नवलपरासीको भुमही क्षेत्रमा अहिले भारतबाट आएका घुमन्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१