Siraha Times
ताजा समाचार

सिरहामा ९ महिने बालिका बलात्कृत

  • असार १८, २०७६
  • १३६१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहाको लहानमा ९ महिने बालिका बलात्कृत भएकी छिन् । लहान नगरपालिका–२४ मा ९ महिने बालिका बलात्कार गरेको आरोपमा १४ वर्षे बालक पक्राउ परेका छन् । प्रहरीले मंगलबार बालिका बलत्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बालिकालाई घरमा एक्लै छाडेर खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पुर्याउन जाँदा बालकले उनीमाथि यस्तो घटना घटाएको हो । खाजा पुर्याएर घर फर्किदा ती बालकलाई बालिकाकी आमाले घरमै भेटेपछि उजुरी दिएकी हुन् । स्थानीयले समेत सूचना दिएको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । बालिकाको यौनीबाट रक्तश्राव भएपछि प्रहरीले उनलाई स्वास्थ्य परिक्षणका लागि बाहिर पठाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१