Siraha Times
ताजा समाचार

कपिलवस्तुमा नीलगाई मारेको आरोपमा गोलीसहित एक सिकारी पक्राउ

  • वैशाख २२, २०८२
  • ५०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको महाराजगंज नगरपालिका- ६ सानो बुटहनिया स्थित उखु बारीमा २ वटा नीलगाई मारेको आरोपमा ६ राउन्ड गोली सहित एक जना सिकारी पक्राउ परेका छन् ।

आइतबार मध्यरातमा स्थानीयले गोली पडकेको आवाज सुने लगत्तै प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीको टोलीले प्रहरीले शिवराज नगरपालिका वडा नम्बर २ हरौहवाका ५२ वर्षीय फरहान खाँनलाई गोली सहित पक्राउ गरेको हो
सकारले निलगाईलाई संरक्षित वन्यजन्तुको सुचीमा राखेको छ । सिकारीहरूको टोली बा. १७ च ८९० नम्बरको हाइलक्स गाडी, यूपी ५५ आर ६१७६ नम्बरको पीकअप, लु.५० प ४१२ नम्बरको मोटरसाइकल तथा एक भारतीय मोटरसाइकल लिएर त्यहाँ उखुबारीमा पुगेका थिए । खानको झोलाबाट प्रहरीले ६ थान गोली, ४ थान खोका, चक्कु र अन्य सामाग्री पनि बरामद गरेको छ ।

प्रहरीले मरेको नीलगाई, सिकारमा प्रयोग भएका सवारी साधन, गोली तथा अन्य सामाग्री गौतमबुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटा बुझाएको छ । घटनाको अनुसन्धान सहायक वन अधिकृत पहलमान सेर्बुजा मगरले थालेको छ सिकारीले २ भाले जातको नीलगाई सिकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१