कपिलवस्तुमा नीलगाई मारेको आरोपमा गोलीसहित एक सिकारी पक्राउ

  • वैशाख २२, २०८२
  • ३१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको महाराजगंज नगरपालिका- ६ सानो बुटहनिया स्थित उखु बारीमा २ वटा नीलगाई मारेको आरोपमा ६ राउन्ड गोली सहित एक जना सिकारी पक्राउ परेका छन् ।

आइतबार मध्यरातमा स्थानीयले गोली पडकेको आवाज सुने लगत्तै प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीको टोलीले प्रहरीले शिवराज नगरपालिका वडा नम्बर २ हरौहवाका ५२ वर्षीय फरहान खाँनलाई गोली सहित पक्राउ गरेको हो
सकारले निलगाईलाई संरक्षित वन्यजन्तुको सुचीमा राखेको छ । सिकारीहरूको टोली बा. १७ च ८९० नम्बरको हाइलक्स गाडी, यूपी ५५ आर ६१७६ नम्बरको पीकअप, लु.५० प ४१२ नम्बरको मोटरसाइकल तथा एक भारतीय मोटरसाइकल लिएर त्यहाँ उखुबारीमा पुगेका थिए । खानको झोलाबाट प्रहरीले ६ थान गोली, ४ थान खोका, चक्कु र अन्य सामाग्री पनि बरामद गरेको छ ।

प्रहरीले मरेको नीलगाई, सिकारमा प्रयोग भएका सवारी साधन, गोली तथा अन्य सामाग्री गौतमबुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटा बुझाएको छ । घटनाको अनुसन्धान सहायक वन अधिकृत पहलमान सेर्बुजा मगरले थालेको छ सिकारीले २ भाले जातको नीलगाई सिकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१