शालोम सेकेन्ड्री स्कूलका प्रिन्सिपल दिलिप पडित पर्सा प्रहरीद्धारा पक्राउ

  • वैशाख १७, २०८२
  • १८७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १७ बैशाख । वीरगंज महानगरपालिका वडा नं. १६ गहवा रेल्वेरोडमा अवस्थित शालोम सेकेन्ड्री स्कूल +२ का प्रिन्सिपल तथा शेयरदार दिलिप कुमार पडितलाई पर्सा प्रहरीले बुधबार पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका वडा नं. ३ टोल नगरदाहा निवासी पडितले शालोम सेकेन्ड्रीमा लगानी गरेका शेयरदार टेकचन्द्र साहलाई भुक्तानी गर्नुपर्ने सात लाख रुपैयाको चेक २०८१÷१२÷३१ गतेको मितिमा दिएका थिए । मञ्जुश्री फाईनान्स लिमिटेड वीरगंजको नामले रहेको सो चेक पटक–पटक बैंकमा जाँदा चेक अनुसारको मौज्दात नरहेको हुनाले सो चेक बाउन्स भएको थियो ।

पिडित टेकचन्द्र साहको जाहेरीको आधारमा पर्सा प्रहरीले पडितलाई पक्राउ गरी बैंकिङ्ग कसुर मुद्दामा सम्मानित जिल्ला अदालत पर्साबाट म्याद थप गराई अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ । प्रारुप एजुकेशन फाउन्डेसन प्रा.लि. घण्टाघर पानगल्ली वीरगंजका सञ्चालक समेत रहेका पडितले हरिखेतान बहुमुखी क्याम्पस वीरगंज लगायतका अन्य क्याम्पसहरुमा अध्यापन गराउदै आएका छन् । शिक्षण जस्तो पवित्र पेशामा लागेका पडितले आफ्नै शेयरदार साहलाई करिब चार महिना देखि पिडा दिदै आईरहेको हुनाले बाध्य भएर न्यायको लागि प्रहरीलाई गुहारेको समाचारमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१