Siraha Times
ताजा समाचार

रोकी राखेको म्याजिकलाई ट्रकले पछाडी ठक्कर दिदा ३ को मृत्यु बाकी दर्जन घाइते

  • असार १६, २०७६
  • ११०५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

असार १६ गते । सिरहामा ट्रकले यात्रुबाहक म्याजिकलाई पछाडिबाट ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ । अन्य एकदर्जन यात्री घाइते भएका छन् । पूर्वबाट पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका ११, स्थित पडरिया चोकमा सोमबार दिउँसो पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना. १ ज. ७४५४ नम्बरको म्याजिकलाई सोहि दिशातर्फ आउँदै गरेको ना. ८ ख. २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।दुर्घटनामा एकजनाको घटना स्थलमै र दुईजनालाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिलेसम्म मृतकहरुको सनाखत हुन सकेको छैन भने घाइते १२ जनाकै अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । दुर्घटना लगतै ट्रक र म्याजिक चालक फरार भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको र घटना विषयमा अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१