Siraha Times
ताजा समाचार

तीनकुने हिंसात्मक घटनाको भर्त्सना उच्च स्तरीय न्यायिक छानवीन आयोग गठन गर्न जसपा नेपालको माग

  • चैत १६, २०८१
  • ४६८ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं, १६ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकार शान्ति सुरक्षा कायम गर्न, जनधनको सुरक्षा र हिंसात्मक गतिविधि रोक्न असफल र असक्षम सावित भएको बताएको छ । हिजो (शुक्रबार) राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनको भर्त्सना गर्दै जसपा नेपालले जनआन्दोलन, जनसंघर्ष र जनविद्रोहको माध्यमद्वारा प्राप्त उपलब्धिहरू संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली, धर्म निरपेक्षता, नागरिक स्वतन्त्रता, मौलिक हक, समावेशीता आदिको सरकारले रक्षा गर्न सक्दैन भन्ने आशंका उत्पन्न भएको बताएको छ ।

साथै, जसपा नेपालले कोटेश्वर, जडिबुटी र तिनकुनेलगायतका स्थानहरूमा भएको लुटपाट तोडफोड, आगजनी, हिंसा र हत्याका सम्बन्धमा अधिकार सम्पन्न उच्च स्तरीय न्यायिक छानवीन तथा जाँचबुझ आयोग गठन गरी छानबिन र अनुसन्धानको मागसमेत गरेको छ । घटनामा संलग्न रहेका दोषी वा जिम्मेवार व्यक्तिहरूलाई कानुन बमोजिम दण्ड सजाय दिनुपर्नेसमेत जसपा नेपालको मत छ ।

 जनतालाई सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गराउन, धनजनको सुरक्षा गर्न, हिंसात्मक घटना हुन नदिन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई रक्षा गरी संस्थागत गर्न आवश्यक ठोस कदम चाल्नु पर्दछ,’– जसपा नेपालका प्रवक्ता मनिष सुमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हिजो तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोनलका कारण २ जनाको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा नेपाल प्रहरीतर्फ ५३ जना, सशस्त्र प्रहरीतर्फ २२ जना र प्रदर्शनकारीतर्फ ३५ जना गरी ११० जना घाइते भएका छन् । प्रदर्शनकारीहरुले विभिन्न ९ वटा संस्था एवं कार्यालयमा तोडफोड गरेका थिए । उनीहरुले १४ स्थानमा आगजनी र एक स्थानमा लुटपाटसमेत गरेका थिए ।

486958232_1003363328525358_903231231957865727_n

प्रतिक्रिया दिनुहोस

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

नेपाल रेडक्रस धनुषाम ...

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१