Siraha Times
ताजा समाचार

जनता समाजवादी पार्टी नेपालको वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक सम्पन्न

  • फागुन २१, २०८१
  • ९१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान फाल्गुन २१ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको बैठक पार्टी केन्द्रीय कार्यालय काठमाडौ बालकुमारी स्थित सभाहलमा सम्पन्न भएको छ। बैठकमा विभाग प्रमुख र केन्द्रीय सदस्य चन्देश्वर पासमान र केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह प्रमुख अतिथिका रूपमा उपस्थित थिए। बैठकमा विभिन्न महत्वपूर्ण मुद्दाहरूमा गहन छलफल गरिएको थियो। विशेषगरी भूमि सम्बन्धी अध्यादेश, विभागमा नयाँ सदस्य थप्ने र वन, वातावरण तथा विपद् व्यवस्थापन नीतिको सम्बन्धमा छलफल गरी निर्णय पारित गरिएको छ।

यस अवसरमा सहभागी नेताहरूले नेपालको पर्यावरणीय संकट र विपद् व्यवस्थापनमा सुधार ल्याउनका लागि ठोस कदम चाल्नु आवश्यक रहेकोमा जोड दिएका छन्। बैठकमा भूमि सम्बन्धी अध्यादेशको प्रभाव र यसका सम्भावित असरहरूको विषयमा गहन छलफल भएको थियो। साथै, जसपा नेपालको वन, वातावरण तथा विपद् व्यवस्थापन विभागलाई अझ प्रभावकारी बनाउन नयाँ सदस्यहरूलाई समावेश गर्ने निर्णय गरियो। बैठकमा वन संरक्षण, जलवायु परिवर्तन र विपद् व्यवस्थापनका क्षेत्रमा पार्टीको भूमिका निर्धारण गर्नका लागि दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता पनि सबैतिर व्यक्त गरिएको थियो।

बैठकमा प्रमुख नेताहरूका साथै सचिव हन्सा साह, विज्ञ माधव प्रसाद देव, चन्देश्वर सदा, कोषाध्यक्ष सुरिता साह, प्रेस मञ्च नेपाल मधेश प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव, र प्रदीप घाताली लगायतका नेताहरूको उपस्थिति रहेको थियो। बैठकको समापनपछि उपस्थित सबै नेताहरूले वन, वातावरण तथा विपद् व्यवस्थापनका मुद्दामा पार्टीको नीति बनाउन र प्रभावकारी कार्ययोजना ल्याउन प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

नेपाल रेडक्रस धनुषाम ...

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१