ताजा समाचार

राष्ट्रिय युवा संघ नेपाल धनगढीमाई–१४ को वडा अधिवेशन सम्पन्न,

नविन कुमार आले मगरको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन

  • फागुन १७, २०८१
  • ११४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,फाल्गुन १७ । धनगढीमाई । राष्ट्रिय युवा संघ नेपाल धनगढीमाई नगरपालिका–१४ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नविन कुमार आले मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ वडा कमिटी गठन गरेको छ ।

शनिबार सम्पन्न अधिवेशनले आले मगरलाई सर्वसम्मत अध्यक्ष चयन गर्दै अन्य सदस्यहरूको समेत मनोनयन गरेको हो । नवगठित वडा कमिटीले युवा सशक्तीकरण, सामाजिक विकास र राष्ट्रवादी विचारधारालाई मजबुत बनाउने लक्ष्य लिएको छ । अधिवेशनका प्रमुख अतिथि तथा राष्ट्रिय युवा संघ नेपालका जिल्ला प्रतिनिधिले नवगठित टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघले युवा हकहित र विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

साथै, संघको कार्ययोजनाबारे संक्षिप्त जानकारी दिँदै आगामी दिनमा युवाहरूसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । नव निर्वाचित अध्यक्ष नविन कुमार आले मगरले संघलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाउँदै युवाहरूको नेतृत्व क्षमता विकास गर्न क्रियाशील रहने बताए । उनले संगठनलाई अझ क्रियाशील बनाउँदै समाज परिवर्तनका लागि अग्रसर हुने बताएका छन् ।

नवगठित वडा कमिटीलाई स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, बुद्धिजीवी तथा युवा संघका अन्य नेताहरूले शुभकामना दिएका छन् । यस अवसरमा विभिन्न क्षेत्रका युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको समापनसँगै नवगठित कमिटीले आगामी दिनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤