राष्ट्रिय युवा संघ नेपाल धनगढीमाई–१४ को वडा अधिवेशन सम्पन्न,

नविन कुमार आले मगरको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन

  • फागुन १७, २०८१
  • ७७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,फाल्गुन १७ । धनगढीमाई । राष्ट्रिय युवा संघ नेपाल धनगढीमाई नगरपालिका–१४ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नविन कुमार आले मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ वडा कमिटी गठन गरेको छ ।

शनिबार सम्पन्न अधिवेशनले आले मगरलाई सर्वसम्मत अध्यक्ष चयन गर्दै अन्य सदस्यहरूको समेत मनोनयन गरेको हो । नवगठित वडा कमिटीले युवा सशक्तीकरण, सामाजिक विकास र राष्ट्रवादी विचारधारालाई मजबुत बनाउने लक्ष्य लिएको छ । अधिवेशनका प्रमुख अतिथि तथा राष्ट्रिय युवा संघ नेपालका जिल्ला प्रतिनिधिले नवगठित टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघले युवा हकहित र विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

साथै, संघको कार्ययोजनाबारे संक्षिप्त जानकारी दिँदै आगामी दिनमा युवाहरूसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । नव निर्वाचित अध्यक्ष नविन कुमार आले मगरले संघलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाउँदै युवाहरूको नेतृत्व क्षमता विकास गर्न क्रियाशील रहने बताए । उनले संगठनलाई अझ क्रियाशील बनाउँदै समाज परिवर्तनका लागि अग्रसर हुने बताएका छन् ।

नवगठित वडा कमिटीलाई स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, बुद्धिजीवी तथा युवा संघका अन्य नेताहरूले शुभकामना दिएका छन् । यस अवसरमा विभिन्न क्षेत्रका युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको समापनसँगै नवगठित कमिटीले आगामी दिनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

मधेस प्रदेशको कृषि स ...

रहमुल लहान ३० साउन अहिलेको मधेस प्रदेशको कृषि सम्बन्धी अवस्थाको बारेमा भन्नु पर्दा वर्तमान संकट, प्र ...

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१