Siraha Times
ताजा समाचार

जनतासंग जसपा नेपाल : समाजवादी मुस्लिम संघ सिरहाको विस्तारित बैठक सम्पन्न

  • फागुन १६, २०८१
  • ८७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान फागुन १६ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सञ्चालन गरिरहेको "जनतासंग जसपा नेपाल : आधारभूत संगठन निर्माण अभियान" अन्तर्गत समाजवादी मुस्लिम संघ सिरहाको जिल्ला स्तरीय विस्तारित बैठक जिल्ला समन्वय समिति सिरहा सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता मो. अन्सारले गरेका थिए, जसको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरिएको छ। बैठकले संगठनलाई थप सुदृढ गर्दै आगामी दिनमा मुस्लिम समुदायको हकहित र अधिकारका लागि प्रभावकारी भूमिका खेल्ने निर्णय गरेको छ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव सुरेश मण्डल प्रमुख वक्ताका रूपमा उपस्थित रहे। त्यस्तै, केन्द्रिय सदस्य चन्देश्वर पसमान, केन्द्रिय सदस्य एवं पूर्वमन्त्री अबु कलाम अजाद फुल बाबु, प्रदेश सांसद साहिदा खातुन, समाजवादी मुस्लिम संघ प्रदेश विभाग प्रमुख युसुफ अली, समाजवादी मुस्लिम संघ अध्यक्ष मो. मोसाहिद हुसेन, जसपा नेपाल सिरहा जिल्ला अध्यक्ष अशोक यादव, समाजवादी मुस्लिम संघ प्रदेश सदस्य मो. अल्लाउद्दिन दफाली लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

बैठकमा संगठनलाई अझ मजबुत बनाउन रणनीतिहरू तय गरिनुका साथै मुस्लिम समुदायको अधिकार, प्रतिनिधित्व र समावेशीताको सवालमा संगठनले गर्ने पहलका बारेमा छलफल गरिएको थियो। कार्यक्रमको सञ्चालन समाजवादी मुस्लिम संघ प्रदेश सचिव तनबिर आलम चान्दले गरेका थिए। उनले बैठकको उद्देश्य, संगठनको हालसम्मको गतिविधि र आगामी योजनाहरूको बारेमा जानकारी गराएका थिए। बैठक सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१