Siraha Times
ताजा समाचार

नियम विपरित सिद्धार्थ माविले विद्यार्थीहरुबाट रकम असुल्दै

  • फागुन १४, २०८१
  • १३३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १४ फाल्गुन। वीरगंज महानगरपालिका वडा नं. १४ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले नियम विपरित विद्यार्थीहरुबाट रकम असुली गरिरहेको समाचार प्राप्त भएको छ । वीरगंज महानगरपालिकाले महानगर भित्र रहेका सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुबाट कुनै किसिमको शुल्क लिन नपाउने उर्दी जारी गरे पनि सिद्धार्थ माविले विद्यार्थीहरुबाट सहयोग शुल्कको नाममा रकम असुली गरि रहेकोमा मंगलबार वडाध्यक्ष लगायत स्थानियहरुले बिरोध जनाएका छन् ।

सो स्कूलका प्रधानाध्यापक बिनोद मेहता र लेखापाल अमित सिंहले प्रत्येक विद्यार्थीहरुबाट १४ सय देखि ६ हजार ५ सयसम्म सहयोग शुल्क असुली रहेको जानकारी पाए पश्चात वडा नं. १४ का वडाध्यक्ष महबुब ऐलाही अंसारी र युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज अनिल पटेल लगायतकाले स्कूलमै पुगी असुल गरिएका रकम फिर्ता गर्न माग गरेका छन् । 

महानगरको निति विपरित वडा कार्यालय सँग समेत कुनै समन्वय नगरी विद्यार्थी र अभिभावकहरुको ढाड सेक्ने काम भएकोले स्कूलमै पुगी केही अभिभावकहरुको रकम फिर्ता गराएको र बाकी अभिभावकहरुको रकम फिर्ता गर्न भनेको वडाध्यक्ष अंसारीले बताए । करिब १४ सय विद्यार्थी अध्ययनरत्त रहेकोमा करिब १२ लाख विद्यालयको खातामा अभिभावकहरुबाट रकम जम्मा गराईएको र केही अभिभावकहरुले नगदै बुझाएकोले सो रकम तत्काल फिर्ता गर्न भनेको वडाध्यक्ष अंसारीले बताए । स्कूलले लिने गरेको सहयोग रकमको रसिद पनि नदिने गरेका युवा नेता अनिल पटेलले बताए । सहयोग रकमको रसिद नदिने भएकोमा स्कूलका प्रधानाध्यापक मेहता र लेखापाल सिंहको नियत ठिक नभएको युवा नेता पटेलको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रदीप दाहालको पहलमा ...

​जेठ ३०, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा विद्युत विस्तार र सुदृढीकरणको क ...

बालविवाह तथा जबरजस्त ...

कपिलवस्तु लालु चौधरी जेठ ३० । "मौनता तोडौंः सामुदायिक नेतृत्वमा लैङ्गिक हिंसा रोकथाम परियोजना" अन्तर ...

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१