Siraha Times
ताजा समाचार

मिटरब्याज पीडितको घर/जग्गा कब्जा, पीडितको भोगचलन सुनिश्चित

  • फागुन १३, २०८१
  • ८४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १३ फागुन । किसान मजदुर आन्दोलन अन्तर्गत सिरहाको भगवानपुर गाउँपालिका-४ मा मिटरब्याज विरुद्ध संघर्षरत किसान मजदुर समितिले मिटरब्याजी साहुबाट हडपिएको घर/जग्गा कब्जा गरी पीडितको भोगचलन सुनिश्चित गरेको छ। समितिले आज एक सूचना टाँस गर्दै सो सम्पत्तिको किनबेच तथा हक हस्तान्तरणमा रोक लगाइएको जानकारी गराएको छ। आन्दोलनकारीहरुले वित्तीय शोषण तथा उत्पीडनविरुद्ध संघर्ष गर्ने प्रतिबद्धता जनाउँदै सम्पत्तिको पुनर्स्थापनाका लागि न्याय मागेका छन्।

२०७२ सालमा स्थानीय शिव चन्द्र यादवले बलान बिहुल गा.पा.का लाल बाबू यादवसँग ३ लाख रुपैयाँ ऋण लिएका थिए। शिव चन्द्रले ३ वर्षपछि उक्त रकमबाट २ लाख फिर्ता गर्न खोज्दा लाल बाबूले सम्पूर्ण हिसाब एकैपटक गर्नुपर्ने भन्दै रकम अस्वीकार गरेका थिए। स्थानीय शिव चन्द्र यादवको अनुसार साहु लालबाबु यादव उक्त जग्गा अर्कैको हात बाट बेचिरहेको सुचना पाए पछि मैले यो कदम चालेको र प्रचलित कानुन बजौजिम साहुको सावाँ ब्याज समेत तिर्न तैयार रहेको पत्रकार सम्मेलन मार्फत बताएका छन।

पिडित यादव अगाडी थप्दै ९ वर्षपछि आएर लाल बाबूले मेरो जग्गा बेच्ने तयारी गरेका छन्। म आफ्नो जायज सम्पत्ति गुम्न नदिन आज समितिको सहयोगमा यसविरुद्ध आवाज उठाउन आएको हुँ बताएका हुन। सिरहा जिल्लाका विभिन्न स्थानमा मिटरब्याज पीडितहरु संगठित भएर आन्दोलन गर्दै आएका छन्। मिटरब्याज पीडितहरुको जग्गा तथा सम्पत्ति फिर्ता गराउन दबाब दिने उद्देश्यले किसान मजदुर आन्दोलन सक्रिय रहेको समितिका संयोजक पुनम कुमारी महतोले बताए। संबन्धित निकायले यस विषयमा ध्यान नदिए किसान मजदुर आन्दोलनले अझ सशक्त संघर्ष गर्ने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१