Siraha Times
ताजा समाचार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

  • फागुन ९, २०८१
  • ८३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान फागुन ९। ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालत समक्ष पेश गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं. ४ रमौलका अन्दाजी ४५ वर्षीय मो. शेख अन्जुमलाई पक्राउ गरेको हो। अदालतको लागत नं. ७०६१ अनुसार, २०७७ साल चैत १० गतेको फैसलाले उनलाई २५ वर्ष कैद सजाय तोकेको थियो।

प्रहरीका अनुसार, अन्जुम फैसला भएदेखि नै फरार रहँदै आएका थिए। प्रहरीले गोप्य सूचनाको आधारमा उनलाई आफ्नै गाउँमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पार्न सफल भयो। पक्राउपछि उनलाई मिति २०८१ फागुन ८ गते सम्मानित सिरहा जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेश अनुसार उनलाई कारागार कार्यालय सिरहा पठाइएको छ। यसअघि लामो समयसम्म फरार रहेका अन्जुमलाई प्रहरीले पक्राउ गर्न विभिन्न अनुसन्धान तथा अपरेशनहरू सञ्चालन गरेको थियो। अन्ततः विशेष प्रहरी टोलीले गोप्य निगरानीका आधारमा उनलाई पक्राउ गर्न सफल भएको हो।

यस घटनाले कानूनको कार्यान्वयन तथा न्याय प्राप्तिको प्रक्रियालाई बल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीले अन्य फरार प्रतिवादीहरूलाई पक्राउ गर्न खोजी कार्य तीव्र बनाएको बताएको छ।

प्रतिक्रिया दिनुहोस

मिसन–८४ : निर्णय गर् ...

रहमुल, लहान ६ असोज । सिरहाको कर्जन्हा नगरपालिका–५ कल्याणपुरमा महिला अधिकार, नेतृत्व, सहभागिता ...

सडक नाटकमार्फत लहान– ...

ओम प्रकाश यादव लहान, असोज ६ । लहान नगरपालिकाको वडा नं. १४ मा ‘घर–घरको शान, स्वच्छता अभिय ...

नेपालदेखि भारतसम्मका ...

ओम प्रकाश यादव लहान असोज ६ । विराटनगरस्थित पारस मल्टिस्पेसियालिटी हस्पिटल गुणस्तरीय स्वास्थ्य सेवा, ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१