Siraha Times
ताजा समाचार

कृष्णनगरको लिंकगेट बाट लागु औषध (ब्राउन सुगर) सहित व्यक्ति पक्राउ

  • माघ २९, २०८१
  • ६१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्रा कृष्णनगर २९ माघ । इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक सुरज खत्री आए देखि नै लागु औषध बिरूद्ध आक्रमक बन्दै आएका छन्। विभिन्न समयमा विभिन्न स्थानबाट लागु औषध करोबारी सहित लागु औषधमा संलग्न विभिन्न व्यक्ति पक्राउ गरि लाखौं युवाहरु लाई लागु औषधको सिकार हुन बाट जोगाएको स्थानीय बुद्धिजीवी हरू प्रहरी निरिक्षक सुरज खत्रीको खुलेर तारीफ गर्छन् ।

प्रहरी निरिक्षक सुरज खत्रीले विशेष सूचनाको आधार तथा शंका लागि चेकजाच गरि लागु औषध करोबारी तथा कुलतमा परेका सेवनकर्ता लाई कानुन बमोजीम कार्वाही गरांउदै लागु औषध करोबारी तथा सेवनकर्ता हरूको कम्मर तोड्न सफल भएका समाजसेवी हरू बताउछन्।केही महिना अगाडि प्रहरी निरिक्षक सुरज खत्रीले गरेको योगदानको कदर गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले महिनाको उत्कृष्ट प्रहरी सम्मान पनि खत्रीले पाएका थिए।

सोही क्रममा इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुबाट माघ २८ गते सोमवार दिनको अन्दाजी ३:३० बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०२ लिंकगेट स्थितमा खटिएको प्रहरी टोलीले लागु औषध(ब्राउन सुगर) सहित व्यक्ति पक्राउ गर्न सफल भएका हुन्। भारतबाट नेपालतर्फ आउदै गरेको भारतीय नंम्बर प्लेट MH 02 CD 1526 नंम्बरको कार रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार देश भारत उत्तर प्रदेश जिल्ला सिदार्थनगर पोष्ट बढ्नी ग्राम दुधवानिया बुजुर्ग बस्ने बर्ष अन्दाजी ३६ को इकरामुद्दीनको शरिर रीत पुर्वक खानतलासी गर्दा निजको साथबाट ०१ (एक) पुडिया लागु औषध ब्राउन सुगर १०० (एक सय) मिलिग्राम बरामद भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएकोछ।

साथै MH 02 CD 1526 नंम्बरको कार खानतलासी गर्दा उक्त गाडीबाट ०५ (पाँच) पुडिया लागु औषध ब्राउन १६० (एक सय) मिलिग्राम गरि जम्मा २६० (दुई सय साठी) मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारेको छ। उक्त कार चालक देश भारत उत्तर प्रदेश जिल्ला सिदार्थनगर पोष्ट बढ्नी ग्राम दुधवानिया बुजुर्ग बस्ने बर्ष अन्दाजी १९ को नसिम खान र सोही गाडीमा सवार इकरामुद्दीनलाई पक्राउ गरि सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट ७ (सात) दिन म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

संगठित कुशवाहा, समृद ...

सिरहा टाइम्स लहान वैशाख १ । “संगठित कुशवाहा, समृद्ध समाज” भन्ने मूल नारासहित नेपाल कुशवा ...

ऑक्सफ़ोर्ड इंग्लिश एक ...

कपिलवस्तु /कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एके ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान चैत २९ । मधेश प्रदेशको सप्तरी जिल्ला बलान बिहुल गाउँपालिका वडा न. २ चन्हीमा &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१