Siraha Times
ताजा समाचार

जनता समाजवादी पार्टी नेपालको वडा समिति गठन समारोह सम्पन्न

  • माघ २८, २०८१
  • ५९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, २८ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को 'जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान' अन्तर्गत कर्जन्हा नगरपालिका–४, बडहरा भुल्केमा वडा समिति गठन गरिएको छ। समारोहको अध्यक्षता सन्तोष साहले गर्नुभएको थियो, जसमा १३ सदस्यीय वडा समिति गठन गरिएको छ। साथै, समाजवादी महिला संघ नेपालको १२ सदस्यीय वडा समिति पनि गठन गरिएको छ, जसको अध्यक्षता श्रीमती रमा भुजेलले गर्नुभएको छ।

कार्यक्रमका प्रमुख वक्ता जसपा नेपालका केन्द्रीय सदस्य तथा कर्जन्हा नपा अभियन्ता चन्देश्वर पासमान रहनुभएको थियो। विशिष्ट वक्ताको रूपमा कर्जन्हा नगर अध्यक्ष केसव प्रसाद साह, समाजवादी महिला संघ नेपाल मधेश प्रदेश सचिव एवं कर्जन्हा नगरपालिका उपमेयर लक्ष्मी श्रेष्ठ, प्रेस मञ्च नेपाल मधेश प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादव, नगर उपाध्यक्ष चन्दन यादव, वडा नम्बर ३ का अध्यक्ष बिश्वनाथ यादव, वडा नम्बर ५ का अध्यक्ष धिरज लामा, महिला जिल्ला सदस्य निर्मला साहलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका विविध पक्षहरूबारे छलफल गर्दै वक्ताहरूले संगठन विस्तारको महत्त्वलाई उजागर गरे। जसपा नेपालले स्थानीयस्तरमा संगठन सशक्तीकरण गर्दै जनता समक्ष आफ्नो नीतिगत एजेण्डा पुर्‍याउने अभियानमा आफूहरू संलग्न रहेको वक्ताहरूले बताए। समारोहको सञ्चालन वडा नम्बर २ का अध्यक्ष जितेन्द्र यादवले गर्नुभएको थियो। कार्यक्रममा उपस्थित स्थानीय जनप्रतिनिधि तथा कार्यकर्ताहरूले संगठनको सुदृढीकरणमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाएका थिए।

 

प्रतिक्रिया दिनुहोस

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

खडक नगरपालिकाको १८औँ ...

ओम प्रकाश यादव लहान, असार ११ । “खडक नगरपालिकाको अभियान, समाजवाद उन्मुख आधार निर्माण” भन् ...

सीपमूलक तालिमपछि आत् ...

ओम प्रकाश यादव लहान, असार ११। सिरहाको लहान नगरपालिका वडा नम्बर ९ मा स्थानीय महिलाहरूको आर्थिक सशक्ति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१